युवराज नयाँघरेको ‘औंला–औंलामा अस्ट्रेलिया’ विमोचित

news-details

युवा निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘औंला–औंलामा अस्ट्रेलिया’ को विमोचन सम्पन्न भयो । शताब्दी पुरुष सत्यमोहन जोशीले कृति विमोचन गर्दै नेपाली निबन्ध र नियात्रामा नयाँघरेले उल्लेखनीय योगदान पु¥याएको चर्चा गर्नु भयो ।

जोशीले भन्नुभयो– ‘यो कृतिले अस्ट्रेलियाली आदिवासीबारे निकै राम्रोसँग बताएको छ ।’

समालोचक महेश पौडेलले नियात्रा संग्रहमाथि आफ्नो मन्तव्यमा– ‘नयाँघरेको आफ्नोपन र खुबी यहाँ पोखिएको छ’ भन्नुभयो । पौडेलले भन्नुभयो– ‘नियात्राको विशिष्ट स्वाद र शैली यस कृतिभित्र भेट्न सकिन्छ ।’

साहित्यकार कृष्ण धराबासीले शुभकामना दिँदै भन्नुभयो– ‘नयाँघरे घुमेर लेखिरहने एक जना समर्पित लेखक हुन् ।’ धराबासीले भन्नुभयो– ‘नियात्राको कला र मौलिक शैलीका धनी नयाँघरेको यो कृतिले अस्ट्रेलियालाई नयाँ पाराले व्याख्या र विवेचना गरेको छ ।’

कृतिकार नयाँघरेले आफ्नो मन्तव्यमा नेपाली निबन्ध र नियात्रा लेखन कला जारी राख्ने बताउनु भयो । उहाँले भन्नुभयो– ‘अस्ट्रेलियामा जाने र आउनेहरुको विशेष अनुभूति यहाँ लिपिबद्ध छ ।’

निबन्धकार मणि लोहनी, रत्न पुस्तक भण्डारका प्रबन्धक सुरेश श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको सो समारोह निकै भव्य थियो । नयाँघरेका १५ वटा कृतिमा यस अघि ६ वटा नियात्रा कृति आइसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *