साहित्यर्वार्ता : ‘आमा र म मिली गीत फुराउँछौँ’ – भावना पराजुली बस्ताकोटी

news-details

भावना पराजुली बस्ताकोटी प्रतिबद्ध लेखिका हुनुहुन्छ । कविता, गीत, गजल लेखन र समसामयिक लेखरचना सिर्जनामा निकै रुचि राख्ने भावनाको स्थायी ठेगाना हो देवचुली नगरपालिका, वडा नं १, केउरेनी, नवलपुर (वर्दघाट सुस्तापूर्व) । बुबा लीलाधर पराजुली र आमा दमन्ती पराजुलीकी सन्तानको रुपमा उहाँको जन्म भएको थियो । उहाँको वैदेशिक जीवन उपन्यास र अर्को कविता संग्रह प्रकाशित भएको छ ।

डा अशोक बस्ताकोटीसँग वैवाहिक सम्बन्धमा गाँसिएपछि हाल सिड्नी, अस्ट्रलियमा बसोबास गर्नु हुन्छ उहाँ । छोरा अभिरुप बस्ताकोटी र छोरी अन्भी बस्ताकोटी उहाँका सन्तान हुन् । पेशाले नर्स भावना नेपाली साहित्यमा हिजोआज निकै क्रियाशील हुनुहुन्छ । उहाँ विभिन्न संघ संस्थामा आबद्ध हुनुहुन्छ ।

नारी निकुञ्ज अष्ट्रेलिया : डेपुटी महिला कोर्डिनेटर एचएसडब्लू २०२१/२०२३, राष्ट्रिय फल्क र दोहोरी गीत : अष्ट्रेलिया महिला संयोजक, जातीय सामुदायिक सेवा सहकारी : सहजकर्ता, अष्ट्रेलिया अभिभावक समाज सिड्नीको : सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलिया : सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलिया : आजीवन सदस्य, एनआरएनए अस्ट्रेलिया : आजीवन सदस्य, लोक दोहोरी :आजीवन सदस्य, लोक दोहोरी संघ, एनआरएनए अस्ट्रेलिया नेपाली साहित्यको अभिभावक समितिको आजीवन सदस्य आदि संस्थामा उहाँ आबद्घ हुनुहुन्छ । लेखिका भावनासँग गरिएको कुरानीको केही अंश–

कविता के हो तपाईको विचारमा ?

कविता मेरो विचारमा भोगिएका देखिएका, सुनिएका मनमा आएका तरङ्गहरु हुन् । भावना समेटिएको लयात्मक अभिव्यक्ति नै कविता हो ।

कविता किन लेख्नुहुन्छ ?

मनका कुरा व्यक्त गर्न कविता लेख्छु । यो लेखिसके पछि मन हलुँगो हुन्छ ।

साहित्यमा कसरी आकर्षित हुनुभयो ?

सानैबाट लेख्ने अनि भन्ने गर्थें । अहिले श्रीमान्को हौसलाबाट धेरै नै सहयोग भयो ।

गीत के हो ?

मनका सुख, दुःख व्यक्त गर्न र रमाउने, मानसिक चिन्ता दुर गर्न सघाउने एक साधन हो । शब्दमा मिठास, छ्रन्द र लय मिलाएर गाउँछु म । अनि लेख्न मन लाग्छ गीत । गीत एक प्रकारको साहित्यिक विधा पनि हो । यसले मनको भावना पोख्न साथ दिन्छ ।

गीततिर पनि रुचि राख्नु भएको छ । कति गीत रेकर्ड भए ?

ममीको दिदीबैनीहरु सबैले गीत गाउनुहुन्थ्यो । मलाई सानैबाट नाँच्न पनि लगाउनुहुन्थ्यो । तीज, तिहार, भजनका गीत फुराएर भन्थे, लेख्थे अनि गाउँथे पनि । श्रीमान्को सहयोगले अहिले म्युजिक भिडियो र भावना इन्टरटेन्मेन्ट खोलेको छु । अहिलेसम्म युट्युवमा ११ वटा गीत छन् मेरो र ममीहरुको गरेर । ममी र म मिली गीत फुराउँछौँ ।

कस्तो छ अष्ट्रेलियाको सिड्नीको नेपाली साहित्य ?

धेरै राम्रो छ अष्ट्रेलिया सिड्नीको साहित्य अहिलेको समयमा । धेरै साहित्यकारहरुले यहाँ आएर सिर्जना गरिरहनु भएको छ ।

धेरै संघ, संस्थामा हनुहुन्छ । साहित्य लेख्न कहिले समय मिलाउनु हुन्छ ?

मलाई ट्रि सोसियल वर्क गर्न धेरै मन पर्छ । सानैदेखि संघ, संस्थामा काम गर्दथेँ । अष्ट्रेलियामा बसेर धेरै संघसस्थामा काम गर्न र गर्ने वातावरण मिलाएको छु । पेशाले नर्स, मेरै बच्चाको आमा पनि हुँ म । थोरै समय हुनासाथ लेख्न मन लाग्छ ।

नेपाली साहित्य कत्तिको पढ्नु हुन्छ ?

मलाई माफ गरिदिनुहोस् । नेपाली साहित्यका किताब मसँग छैनन् अष्ट्रेलियामा । तर म पोष्ट हेर्छु, लेख देख्छु विभिन्न माध्यमबाट । यसले पनि मलाई साहित्य लेखनमा मद्यत पु¥याएको छ ।

मनका फूलथूँगा आएको छ । कति समय लाग्यो कृति तयार गर्न ?

खाली समयमा एउटा, दुइटा कविता लेखिराखेको थिएँ । सबै एकै ठाउँमा जम्मा गर्दा दुई महिना लाग्यो । फुल टाइम मम, स्टडी, फुलटाइम जब, सोसियल वर्क, हाउस वाइफ, फ्याम्ली रिजन्स भएर दिन पाइनँ ।

आउँदा दिनमा साहित्यिक अरु कृति पनि पाठकलाई दिदै हुनुहुन्छ कि ?

मलाई खाली समयको सदुपयोग गर्न मन पर्छ । मेरो आफ्नो व्यक्तिगत सोचाइ, देखाइ र बुझाइलाई अझै धेरै शब्दहरुको माध्यमबाट व्यक्त गर्न चाहान्छु । केही न केही लेखिरहने बानी छ । त्यसैले कुनै न कुनै कृति आउलान् बिस्तारै ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *