एसिया प्यासिफिक आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलन शनिवार, तयारी पुरा

news-details

गैरआवासीय नेपाली संघको आठौं एसिया प्यासिफिक क्षेत्रीय भेला तथा एसिया प्यासिफिक पहिलो विज्ञसम्मेलन शनिवार शुरु हुनेछ । दुई दिनसम्म चल्ने भर्चुअल भेलाको उद्घाटन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गर्ने छन् ।

एसिया प्यासिफिक क्षेत्रीय भेलाको मूख्य नारा ‘आप्रवासी नेपाली कामदार : स्वदेश फिर्ता, पुन एकिकरण र रोजगार’ रहेको छ । भेलाको पहिलो दिन मुख्य शत्रकारुपमा कोभिड १९ पछि विदेशमा रहेका नेपालीहरुको रोजगार, स्वदेश फिर्ता र स्वदेश फर्किएपछि पुन एकीकरणमा सरकारी पक्ष, विज्ञ र सरोकारवालाबीच अन्र्तक्रिया हुने आयोजकको भनाई छ ।

एसिया प्यासिफिक भेलाको दोश्रो दिन एसिया प्यासिफिक पहिलो विज्ञ सम्मेलन हुने जनाइएकोछ । विज्ञसम्मेलनको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले गर्ने आयोजकको भनाई छ । विदेशमा सिकेको सीप, ज्ञानलाई नेपालमा कसरी लैजाने र लगाउने भन्ने विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरेर निचोड निकालिने जनाइएको छ । गैरआवासीय नेपाली संघको आठौं एसिया प्यासिफिक क्षेत्रीय भेला तथा एसिया प्यासिफिक पहिलो विज्ञसम्मेलनको तयारी, सम्मेलनका आकर्षणका साथै समग्र भेलाका विषयमा एनआरएनए एसिया प्यासिफिक संयोजक रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द)सँग गरिएको कुराकानी :

एसिया प्यासिफिक क्षेत्रीय भेला तथा एसिया प्यासिफिक पहिलो विज्ञ सम्मेलन शनिवारदेखि शुरु गर्दै हुनुहुन्छ, यस भेलाको मुख्य आकर्षण के रहेको छ ?

आठौं एसिया प्यासिफिक क्षेत्रीय भेला तथा एसिया प्यासिफिक पहिलो विज्ञ सम्मेलन शनिवारदेखि गर्दै छौ । यस पटकको वैठक भर्चुअल हुनेछ । धेरैभन्दा धेरै एनआरएन प्रतिनिधिहरुको सहभागिता भेलामा रहनेछ । यसपटकको भेलाको मुख्य आकर्षक भनेको हाम्रो मुख्य नारा ‘आप्रवासी नेपाली कामदार : स्वदेश फिर्ता, पुन एकिकरण र रोजगार’ मा केन्द्रित रहेर छलफल, अन्र्तक्रिया गर्नेछौ । भेलाको उद्घाटन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गर्नुहुनेछ ।

हाम्रो मुख्य शत्रमा कोभिड १९ ले वैदेशिक रोजगारमा पारेको प्रभाव र स्वदेश फर्किने वा फर्किएका कामदारको पुन एकीकरणका विषयमा सरकारी पक्ष, सरोकारवाला निकाय, सम्बन्धित विषयका विज्ञ तथा एनआरएनहरुबीच छलफल गरी निष्कर्षमा पुग्नेछौ । मुख्य शत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, नेपाली काग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला, सांसद सूर्य पाठक, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकलगायत सम्बन्धीत विषयका विज्ञहरुसँग मूख्य एजेण्डामा छलफल हुनेछ, उहाँहरुले आफ्नो सुझाव दिनुहुने छ ।

एसिया प्यासिफिक भेलामा पहिला उद्घाटन शत्र हुनेछ, त्यसपछि मुख्यशत्र हुनेछ । त्यसपछि आइसीसी तथा एनसीसीका रिपोर्टहरु प्रस्तुत हुनेछन् । पहिलो दिन नै तेश्रो एसिया प्यासिफिक महिलाको बैठक र युवाको छुट्टै शत्र संचालन हुनेछन् ।

एसिया प्यासिफिक भेलाको दोश्रो दिन एसिया प्यासिफिक पहिलो विज्ञ सम्मेलन हुने छ । विज्ञसम्मेलनको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले गर्नुहुनेछ । विदेशमा सिकेको सीप, ज्ञानलाई नेपालमा कसरी लैजाने र लगाउने भन्ने विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरेर निचोड निकालिने छ ।

यस पटकको एशिया प्यासिफिक क्षेत्रीय भेलाको अन्य क्षेत्रीय भेलाभन्दा भिन्न हुन्छ भन्न खोज्नुभएको हो ?

सर्वप्रथम त कोभिड १९ ले हाम्रो देशका साथै विश्व नै थिलथिलो परेको स्थितिमा हामी अनलाइन मार्फत क्षेत्रीय भेला गरिरहेका छौ । र हाम्रा सम्पुर्ण अग्रजहरु,आइसीसीका अध्यक्षज्यु, उपाध्यक्षज्यु लगायत सम्पुर्ण कार्यसमिति र निवर्तमान अध्यक्षज्यु, संरक्षकज्युहरु र सम्पुर्ण एनआरएनहरुको उपस्थिति रहने छ । साथै, नेपालमा रहनुभएका सरोकारवालाहरुको पनि उपस्थिति रहने छ । कोभिडमा नेपालको लागि एग्रेसिभ भएर सहयोग वा हातेमालो गर्ने एशिया प्यासिफिक क्षेत्र पहिलो नम्बरमा नै आउँछ । त्यसैले सम्पुर्ण एनआरएनका अग्रजहरुले पनि यस भेलालाई अर्थपुर्णरुपमा लिनुभएको छ र नेपाल सरकारले अवश्य पनि यो भेलालाई अर्थपुर्ण लिएको महशुस गरेको छु ।

हाम्रो मुख्य उदेश्य र निचोड भनेकै देशबाट बिदेशमा रोजगारका लागि गएका रोजगारदाता हरु यो कोभिडको कारणले स्वदेश फिर्ता हुनुपरेको छ । उहाँहरुको सीप र ज्ञानलाई कसरी स्वदेशमा प्रयोग गर्न सकिन्छ र यहाँ रहेका बेरोजगारहरुलाई रोजगारमूलक कसरी बनाउन सकिन्छ र सक्नै पर्छ भनेर हामी एनआरएन सम्बन्धित निकाय र सरकार एकजुट भएर निचोड निकाल्ने छौ भन्ने मैले आशा राखेको छु ।

क्षेत्रीय भेलाले विज्ञसम्मेलनका साथै वैदेशिक रोजगारमा रहेका र स्वदेश फर्किएका नेपालीहरुको पक्षमा वकालत गर्छ त ?

हामी केहि गर्नका लागि भनेर यसरी लागेका हौ । यो सम्मेलनले साच्चै पनि विदेशबाट नेपाल फर्किएका र बेरोजगार भएकाहरुलाई सम्बन्धित निकायमा गएर सहकार्य गरेर एनआरएनले पनि यसलाई मुख्य एजेन्डाका रुपमा हिड्छ भन्ने देखाउँछौ । अर्कोतर्फ हामीले विदेशमा सिकेको सीप र क्षमतालाई मुल्याङ्कन गरेर रोजगारमूलक काम गर्ने हाम्रो उदेश्य हो । नेपाल सरकार सँग सहकार्य गरेर निचोड निकाल्ने हाम्रो उदेश्य छ । र, अवश्य पनि यो सफल होला जस्तो लाग्छ । यो मात्र नभएर विदेशमा शिक्षा लिएर, सिप सिकेर नेपाल फर्किदै गर्दा फेरि विदेश फर्किनु नपरोस् । विदेशमा पिएचडि तथा ज्ञान हाँसिल गरेर नेपालमा लगानी गर्न सकियोस् । त्यस्ता नेपालीहरुको जोस, जाँगर नेपालमा नै राख्नुपर्छ । विदेशमा सिकेको शिप र शिक्षा नेपालमा प्रयोग गर्न सकेनौ भने अवश्य पनि नेपालको विकास हुन सक्दैन त्यसैले पनि एनआरएनएले विज्ञ सम्मेलन सुरु गरेको छ । यसले बिदेशमा सिकेका ज्ञान,सिप र धन लाई नेपालमा लगानी गरेर नेपालको विकाशमा टेवा हुनुपर्छ भनेर हामी लागेका हौ र अवश्य पनि केहि न केहि हामी निचोड निकाल्छौ ।

क्षेत्रीय भेलाको तयारी कस्तो छ, यस्ता कार्यक्रममा विवाद धेरै हुने गरेका छन् नि ?

हाम्रो आठौ एसिया प्यासिफिक क्षेत्रीय भेलाको लागि हाम्रो तयारी लगभग सकिएको छ । हाम्रो एनसीसी, आईसीसीका साथीहरु पुर्णरुपमा लागिरहनसभएको छ । हाम्रो भेला र विज्ञ सम्मेलनलाई कसरी सफल बनाउने धेरै साथीहरु रातदिन खटेर लाग्नुभएको छ । अवश्य पनि भोलि हामी इनर्जीका साथ अगाडि बढ्ने छौ र हाम्रो कार्यक्रम सफल बनाउने छौ । सबै सदस्यहरुले आर्थिक, भौतिक, नैतिक सहयोग गर्नुभएको छ र सबैलाई धन्यवाद दिन चाहान्छु ।

क्षेत्रीय भेलाको संयोजकको नाताले अन्त्यमा के भन्न चाहनुहुन्छ ?

मलाई विभिन्न ठाउँबाट सहयोग गर्ने साथीहरु,एनआरएनका अग्रजहरु, नेपाल सरकारका सम्बन्धित निकायमा रहनुभएका पदाधिकारी, मन्त्रीज्यूहरु, सचिवालयका साथीहरु, मिडियाकर्मी साथीहरु र हाम्रो एशियामा मात्र नभएर आइसीसीका साथीहरुले पनि आर्थिक, नैतिक, भौतिक सहयोग गर्नु भएको छ । वहाँहरुलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहान्छु । सम्पुर्णलाई हामीले निमन्त्रणा पठाईसकेका छौ अवश्य पनि सहभागि भएर कार्यक्रम सफल बनाउन अनुरोध गर्दछु ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *