अमेरिका फर्कीएका आङ्दावालाई छैन आनन्द

news-details

आङ्दावा शेर्पा छोटो नेपाल बसाईपछि अमेरिका फर्कीएका छन् । छोटो समयको लागि नेपाल आएका संखुवासभा मकालु गाउँपालिका नुर्बु गाउँका शेर्पाले नेपाल रहँदासमेत सामाजिक काममा व्यस्त रहे । उनले कोरोनाका कारण समस्यामा परेका धेरै बालबालिका र असहायलाई मनबाटै सहयोग गरे ।

अमेरिकामा समेत सधै व्यस्त रहने शेर्पा लामो समयपछि नेपाल आउँदासमेत लकडाउनका कारण आफ्नो जन्मथलो संखुवासभाको मकालु गाउँ पुग्न सकेनन् । लकडाउन अवधिभर काठमाडौमै बसेर लकडाउनको कारण समस्यामा परेका धेरै बालगृहलाई सहयोग गरे । त्यसैगरी शारिरीकरुपले अशक्त, दृष्टिविहिन व्यक्तिहरुलाई पनि उनले खोजि खोजि सहयोग गरे ।

अमेरिकालाई नजिकबाट चिन्ने मौका पाएका उनले नेपालका बालबालिकालाई पनि पढ्नबाट बन्चित बनाउन नहुने बताउदै आएकाछन् । उनले नेपालका बालबलिकाको शिक्षाको क्षेत्रमा काम गर्ने भन्दै बालबालिका पढाँउनसमेत शुरु गरेकाछन् । बालबालिकाको लागि बिद्यालयको शुल्क, आवश्यक सामाग्री ब्याग, कापि, कलम, स्कुल ड्रेसलगायतका सामाग्रीको पनि व्यवस्था गरी दिएकाछन् ।

अमेरिकाको शिक्षा र नेपालको शिक्षामा धेरै फरक रहेको भन्दै उनले शिक्षा क्षेत्रमा काम गर्ने संकल्प गरेका छन् । गत बर्षदेखि नै उनले बालबालिकालाई पढाउन शुरु गरेका हुन् । बर्षेनि पढ्नबाट बन्चित बालबालिकाको संख्या थप्दै जाने उनले बताएका छन् ।

उनी नेपालका बालबालिकासंग अमेरिकाका बालबालिकाको पहँच पु¥याउन चाहन्छन् । उन्ले शिकाईको क्षेत्रमा नेपालका बालबालिका पनि अमेरिकाका बालबालिका भन्दा कम नरहेको भन्दै अमेरिका र नेपालका बालबालिकाबीच सम्बन्ध बनाउन चाहन्छन् । त्यसैले त्यसकैलागि उनी लागि परेका छन् । त्यसको लागि अमेरिकाका बिभिन्न व्यक्ति र संघ संस्थासंग उनले सहकार्य पनि गरी रहेका छन् ।

छोटो नेपाल बसाईमा धेरै बुझ्ने मौका पाएका उनले अमेरिका रहँदासमेत नेपालको बारेमा केहि गर्ने सोच बनाई रहेकाछन् । अमेरिका फर्कीएका आङ्दावाले नेपालको चिन्ताले आनन्द लिन सकेका छैनन् । यहाँका बालबालिकालाई कसरी पढाँउन सकिन्छ भन्ने नै उनलाई चिन्ता छ ।

त्यसैले पनि उनले नेपालमा व्यवस्थित तरीकाले बालबालिकालाई पढाउनको लागि व्यवस्थापन पनि गरी रहेका छन् । नेपालको शिक्षाकोलागि नयाँ नयाँ योजना बनाउने र कार्यान्वयन गर्ने भन्दै उनले यहि संकल्प लिएर अमेरिका फर्कीएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *