‘ट्याक्सी चलाउदै समाजसेवा गर्दै’

news-details

ट्याक्सी चलाएर कमाएको पैसा कसैले बालबालिकालाई पढाउँन खर्च गर्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, संखुवासभा मकालु गाउँपालिका वार्ड नम्बर–२ नुर्बु गाउँका आङ्दावा शेर्पाले ट्याक्सी चलाएर कमाएको पैसा पढ्नबाट बञ्चित बालबालिकालाई पढाउँन खर्च गरिरहेका छन ।

शेर्पा अमेरिकामा ट्याक्सी चलाउँछन । तर, उन्ले त्यहाँ ट्याक्सी चलाएर कमाएको पैसा नेपालका बालबालिका पढाउँनको लागि खर्च गरिरहेका छन् । पैसा भएर केहि नगर्नेहरुका लागि दुःख गरेर कमाएको पैसाले पनि समाजसेवा गर्न सकिन्छ भन्ने बलियो उदाहरण बनेका छन् उनी ।

आफूले दुःख गर्दासमेत पढन नपाएको सम्झना गर्दे अबका बालबालिका जो कोहि भए पनि बढ्नबाट बञ्चित नहोउन भन्ने उनको भावना छ । विदेशमा बसेर नेपालमा केहि गर्नुपर्छ भन्ने उनको सोचाई छ । शरिर बिदेशमा र मन नेपालमा भएर मात्र केहि गर्न सकिदैन भन्नेहरुका लागि शेर्पा आफै एउटा उदाहरण पनि बनेका छन् ।

बीस बर्षदेखि अमेरिकामा बस्दै आएका आङ्दावा शेर्पा युवा समाजसेवीका रुपमा परिचित हुन थालेका छन् । धन कसैले लादैन, धनसहित मन दिन सक्नुपर्छ त्यहि नै सच्चा समाजसेवा भएको उन्को ठम्याई छ । आजका बालबालिकाले भोलि देशको मुहार कोर्न सक्ने भएकाले आफूले बालबालिकाको क्षेत्रमा काम गरेको उनको भनाई छ ।

उन्ले आफ्नो गृह जिल्ला संखुवासभामा जन्मिएका बालबालिकालाई उच्चस्तरको शिक्षा दिन र सुविधा सम्पन्न स्थानमा पढाँउनको लागि आग्रह पनि गरेका छन् । जुन बिद्यालयमा अध्ययन गरेपनि उनले बिद्यार्थीको लाग्ने बार्षिक शुल्कसहित, ड्रेस र अन्य आवश्यक खर्चसमेत बार्षिक रुपमा सहयोग गर्दे आएका छन् ।

पारिवारिक रुपमा आठ दाजुभाई मध्ये सातौ सन्तानका रुपमा रहेका शेर्पा जिल्लामा हुँदा टे«किङ गाईडको रुपमा काम गर्दे आएका थिए । शेर्पाले सगरमाथा हिमालको पाँचपटक आरोहणसमेत गरी सकेका छन् । हिमाल आरोहणसंगै शेर्पाले युरोपका देशमा बिभिन्न काम गर्दे म्यारथनमासमेत सहभागि हुदै बिभिन्न पुरस्कारसमेत जित्दै आएका छन् ।

युरोप पछि अमेरिका हानिएका उनले अमेरिका बसाईमा धेरै दुःखका कामहरु गरे । अंग्रेजी त्यति राम्रो नभएकाले सोचेजस्तो काम नपाए पनि पछि भने शेर्पाले राम्रो काम गर्ने मौकासमेत पाए । तर, यसरी दुःख गरेर कमाएको पैसा समाजसेवामा खर्च गर्ने उनको मनलाई सबैले तारिफ पनि गर्दे आएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *