व्यक्तिचित्र : पूर्वका ज्योती पंखबहादुर थापा बुढेसकालमा पनि समाजसेवामा तल्लिन

news-details

तत्कालिन पूर्ब ६ नम्बर थुमसभा उत्तर चन्दनपुरमा जन्मनुभएका पंखबहादुर थापा ९७ वर्षको उमेर हुदासम्म पनि सामाजिक काममा तल्ल्निन हुनुहुन्छ । राणाकाल, पंचायती व्यवस्था, बहुदल हुदै अहिले गणतन्त्रसमेत भोगिरहनुभएका उहाँ सानै उमेरबाट नै समाजका लागि केहि गर्नुपर्छ भन्ने विछट्टै फरक बिचारधाराको हुनुहुन्थ्यो ।

उतिबेला मुलुकको खानदानी परिवारमा गनिने मानध्वज थापाको छोराबुहारी सनमान थापा एबं धनमाया घिमिरे थापाको पाँचौं सन्तानकारुपमा बि.सं. १९८० चैत्र १० गते जन्मनुभएका थापाको हालको बसाई भने संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका, वडा नम्बर १०, चन्दनपुर सिरिसेमा छ । रमादेवी भट्टराईसँग विसं २००० फागुन १४ गते बिवाहबन्धनमा बाधिनुभएका उहाँहरु दुवै यो बुढेसकालमा विगतका दुःख सम्झदै निरन्तर सामाजिक कार्यमा तल्लिन हुनुहुन्छ ।

उतिबेला शिक्षा अहिलेजस्तो सहजमात्र होइनकी हुनेखानेको पहुँचमासमेत थिएन । तथापी पिताले विसं १९९१ सालमा रुद्राक्ष खोज्दै हिडेका हिन्दी भाषा बोल्ने बाबाजीलाई १३ मुखे ज्वाला रुद्राक्ष दिएर झुपडी बनाइ बस्ने खाने ब्यबस्था मिलाईदिएर आफुसँगै केहिलाई सावा अक्षर बाह्रखरी पढाउन व्यवस्था गरेको उहाँ सम्झनुहुन्छ ।

फलेकमा माटो छिन्केर औलाले या सिमलीको डीकले लेख्दै मेट्दै गरेर पढाएको र आफुहरुले कालो पाटी बनाएर खरीले लेखेको उहाँ सुनाउनुहुन्छ । ‘एक हिउँद पढाएर बाबाजी जानु भयो र पछि आफैले प्रयास गर्दै बाँसको कलम र गाजल गोबर मिसाएर बनाएको मसिले दुई पैसा ताउमा किनेको पहाडे कागजमा भजमने चिठी, कपाली तमसुक लेखन थाले’ थापा सम्झनुहुन्छ ।

माइलो दाजु भिमबहादुरको अचानक स्वर्ग भएको ३ दिनमा नै जेठो दाजु पनि स्वर्गे भएपछि बिछिप्त हुनुभएका पिता केहि वर्षमै आमा र कान्छी बहिनी पनि वितेपछि सारै शोकमा हुनुभयो । पारिवारिक पीडाले विक्षिप्त उहाँका पिताको २०२० सालमा निधन भयो । त्यसपछि घरव्यवहार सबै उहाँको काधमा आइप¥यो ।

सन्तानले डाँडा काँडा ढाकुन भन्ने समय थियो उ बेला । ६ भाई छोरा र ४ बैनी छोरी जन्मेकामा ४ भाई छोराले सानै उमेरमा स्वर्गारोहण भए । ‘ठूला छोरा छोरीले साना भाई बैनीलाई हेर्ने गर्दा पछिका हुर्काउन मद्यत पुग्थ्यो, हामी हुर्केपछि कसैले बाख्रा, कसैले गाई भैसी हेर्ने, कसैले मेलाको काम गर्ने हुँदा ब्यबहारमा सहयोग पुग्थ्यो ्र तर बिरामी पर्दा धामी झाक्री र घरेलु दबाईमा मात्र भर पर्नु त्यस बेलाको बाध्यता थियो’ थापा विगत सम्झदै सुनाउनुहुन्छ ।

आफुले सावाअक्षर मात्र चिनेपनि छोरा छोरीको शिक्षा राम्रो होस भन्ने पंखबहादुरको चाहना हुदाहुदै पनि विद्यालयमा सहज पहुँच नहुदा तीन वटी छोरीहरुलाई पढाउन नसक्दा उहाँलाई अहिले पनि पछुतो लाग्छ । छोरालाई भने जसोतसो पढाउनुभयो । छोरा पनि पढाइमा अब्बल भएर निस्के । खादबारीमा पढन जानुपथ्र्यो स्कुल फस्ट भएर शुल्क मिनाहासहितको छात्रबृत्ति सधै पाउने । ‘छोरो ६ कक्षामा पढ्दा २०२३ सालमा अनुसन्धान अधिकारी भएर पशुपती शम्शेर खाँदबारीमा आउदा छोरालाई म्याट्रिक सम्म पढाउँछु, त्यसपछि उसले जे गर्छ भनेको मलाइ अझै याद छ’ उहाँ विगत सम्झनुहुन्छ ।

थापाका जेठा छोरा अमिनको जागिर छोडेर कोलम्बो प्लानमा भारतमा ईन्जिनियरिंग पढेर र बेलायतमा २ बर्ष तालिम पछि फर्किएर प्राथमिक विद्यालयको शिक्षक हुदै क्याम्पस प्रमुख, सहायक डीन हुँदै विश्वविद्यालयको प्राध्यापकबाट सेवा निवृत्त भएका छन भने कान्छो छोरा पनि प्राथमिक विद्यालयको शिक्षकबाट सेवा शुरु गरी भोजपुर र संखुवासभामा बिद्यालय निरीक्षक हुँदै अहिले नेपाल सरकारको उपसचिब छन । नातिनातिना उच्च शिक्षाका लागि दिल्ली र अमेरिकामा छन ।

थापा भन्नुहुन्छ –‘कान्छो छोरा दिपेश्वर बिज्ञान र अध्यात्म संयोजन गर्ने निखिल ज्योति विद्याश्रमको उत्थानमा लागेकोमा धेरै खुसी लागेको छ ।’

समाजसेवामा थापा :

चन्दनपुरमा भाषा पाठशाला भए पनि साना साना केटा केटीलाई टाढा भएको र त्यहाँ संस्कृत पढ्ने विद्यार्थी बसेर पढ्ने स्थान जस्तो भएकोले आफ्ना केटा केटी पढाउन छुट्टै स्कुलको आबश्यकता महसुस गरी २०१२ कार्तिक २४ मा समिति गठन गरी सिरिसेको आफ्नै ढाँडबारीमा स्कुल घर बनाइ ३ कक्षा सम्म पढाउने भनी स्कुलको शुरुवात गर्नमा थापाको अगुवाई रहयो । सिरिसेको भादौरे हुदै पाख्रिन डाँडामा स्कुल सारिया पछि फेरी शिवालय डाँडामा स्कुल पु¥याइयो । आफ्नो मुल्यांकन र आर्थिक सहयोगको कदर स्वरुप आज पनि जनता उच्च माध्यमिकमा श्रीमानकै तस्बिर राखिएको उहाँ बताउनुहुन्छ ।

पंचायतकालमा कुनै पदमा नरहँदा पनि समाज सेवामा लागिरहनुभएका थापा गाउँघरमा सरसापट या ऋण लिनका निमित्त कपाली तमसुक, बन्धकी तमसुक, भरपाई आदी निशुल्क लेखी दिने कार्य गर्नुहुन्थ्यो । यत्ति मात्रै होइन झैझगडासमेत उहाँ आफै मिलाइदिनुहुन्थ्यो ।

उसो त थापा पंचायती ब्यबस्थामा २०१८ फागुन १५ गते भएको संखुवासभा जिल्लाको चन्दनपुर गाउँ पंचायतको वडा नम्बर ४ को निर्बाचनमा वडा सदस्यमा बिजयी हुनुभएको थियो । उहाँले २०१८ साल देखि २०३६ सालसम्म लगातार पंचायती ब्यबस्थामा रही समाज सेवा गर्नुभयो । ‘उ बेला बाटोहरु खन्ने कामको अगुवाई मात्र होइन तुम्लिंगटार बिमानस्थल खन्न समेत श्रमदान गरे’ उहाँ सुनाउनुहुन्छ ।

उहाँले लामो कार्यबाहक प्रधानपंचकोरुपमा पनि काम गर्नुभयो । तर त्यसवापत कुनै पारिश्रमिक या भत्ता उहाँले कहिल्यै लिनुभएन । त्यति मात्र होइन बहुदल आएपछि पनि उहाँ २०४८ को चुनावमा सित्तलपाटी गाविस वडा नम्बर १ को अध्यक्ष हुनुभयो । ‘चेवा खोलाबाट कुलो खनेर गाँउमा पानी पु¥याएको अझ सम्झनामा आउछ ।’ थापा भन्नुहुन्छ ।

वि.स २०१२ मा स्कुल निर्माण तथा संचालन समिति अध्यक्ष, २०१८–२०३६ चन्दनपुर वडा नम्बर ४ को सदस्य२०४८–२०५४ सितलपाटी वडा नम्बर १ अध्यक्ष, २०५२ गाउँमा खानेपानी संरक्षक समितिको अध्यक्ष, २०५५ सालमा चन्दनपुर बगाले थापाको धर्म पत्रिका तयार समिति अध्यक्ष रहनुभएका उहाँले धेरै काम गर्नुभएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *