प्रथम महिला भेलाले ‘महिला शसक्तीकरण र एकता’को सन्देश दिदैछौ

जुनु गुरुङ : क्षेत्रीय महिला संयोजक, एसिया प्यासिफिक, एनआरएनए
news-details

गैरआवासीय नेपाली संघको अभियानमा अहिले महिलाहरुको उपस्थिति र सक्रियता बढिरहेको छ । यो अभियानमा सक्रिय भएर लाग्ने महिलाको नाममा अग्रपंक्तिमा आउने नामहरुमा एउटा नाम हो, जुनु गुरुङ । दक्षिण कोरियामा रहेर वमन फर वमनको सफल नेतृत्व निभाइसक्नु भएकी गुरुङ अहिले एनआरएनएको एसिया प्यासिफिक महिला संयोजकको भूमिकामा हुनुहुन्छ । एसिया प्यासिफिकमा रहेका देशका एनआरएनएमा छुट्टा–छुट्टै महिला विभाग गठन गर्दै महिलाहरुको सक्रियता बढाइरहनु भएकी गुरुङकै नेतृत्वमा यही डिसेम्बर ८ र ९ मा हङकङमा पहिलो एसिया प्यासिफिक क्षेत्रीय महिला भेलासमेत हुँदैछ । महिलाहरुको एसिया प्यासिफिक क्षेत्रीय भेलाले ‘महिला शसक्तीकरण र एकता’ को सन्देश दिने जनाइएको छ । एसिया प्यासिफिक देशमा रहेका नेपाली महिलाहरुको अधिकार रक्षाका लागि एनआरएनएको भूमिका र नेपाल सरकारको चासो बढाउन प्रथम महिला भेला सफल हुने गुरुङको दावी छ । एसिया प्यासिफिक देशमा रहेका महिलाहरुको विषयमा क्षेत्रीय महिला संयोजक जुनु गुरुङसँग रोजगारमञ्चले गरेको छोटो कुराकानी :

तपाईहरुले हङकङमा पहिलो एसिया प्यासिफिक क्षेत्रीय महिला भेला आयोजना गर्दै हुनुहुन्छ, कस्तो हुँदैछ भेला ?

हो, हामीले पहिलो पटक महिलाहरुको एसिया प्यासिफिक क्षेत्रीय भेला आयोजना गर्दै छौ । हाम्रो मूख्य उदेश्य भनेकै ‘महिला शसक्तीकरण र एकता’ हो । एसिया प्यासिफिकमा रहेका महिलाहरुलाई आफैं लगानी गरेर स्वाभलम्वी र आत्मनिर्भर बन्नु पर्छ भन्ने अभिप्राय भेलाको रहनेछ । त्यसैगरी एसिया प्यासिफिक क्षेत्रका महिलाहरुको समस्या र समाधानका विषयमा एनआरएन र नेपाल सरकारको ध्यानाकर्षण गराउने काम भेलाले गर्दछ । एसिया प्यासिफकका देशमा रहेका एनआरएन महिला संगठनको प्रगति विवरण प्रस्तुत हुनुका साथै भावी कार्यक्रमहरु पनि तय हुने छन् ।

त्यसैगरी महिलाको स्वास्थ्य, जनेतना र जागरण फैलाउनका लागि विदेश देखि स्वदेशसम्म विभिन्न कार्यक्रमहरु गर्नका लागि भेलामा ब्यापक छलफल हुनेछ ।

तपाई गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको महिला संयोजकको नाताले यस क्षेत्रमा रहेका महिलाहरुको विषयमा तथा उनीहरुको मुद्दाहरुमा तपाईले के गरिरहनुभएको छ ?

जब म निर्वाचित भएर आए, कोरिया लगायत एसियाली मुुलुकमा जति पनि एनआरएनएका संगठनहरु थिए, कतिपय ठाउँमा महिला संगठनहरु थिएनन् । त्यो महिला संगठनलाई एनआरएन एनसीसी महिला संयोजकमार्फत वहाँहरुको संयोजकत्वमा मेरो लिडरसिपमा प्रत्येक एनआरएनए भित्र महिला संगठन विस्तार गर्दैछु । पहिला त हामी नै संगठीत हुन जरुरी छ । हामी संगठीत हुन सकियो भने मात्र हाम्रा माग तथा मुद्दाहरुको सुनुवाई हुन्छ भन्ने मान्यताका साथ अगाडि बढेका छौ ।

कुन–कुन देशमा महिला संगठन बिस्तार गरिसक्नुभयो अहिले ?

एसिया प्यासिफिक भित्रको महिला कोर्डिनेटरहरुको बिचमा मैले एउटा ग्रुप बनाएको छु । यो ग्रुपमा हाम्रो प्रत्येक महिना मिटिङ हुन्छ । त्यही मिटिङबाट नै पारित भएर जापान, हङकङ, मकाउ, सिंगापुर, थाईल्याण्डमा महिला संगठन गठन भइसकेको छ । मलेसियामा पनि भर्खरै गठन भएको छ । विभिन्न कार्यक्रमहरु जस्तै तीज लगायत अरु राम्रा कार्यक्रमहरु पनि गरिसकेका छौ र अरु देशहरुमा पनि संगठन बिस्तार गर्ने एउटा पोजिटिभ सन्देश आएको छ ।

एसिया प्यासिफिक क्षेत्रमा विशेषगरी महिलाहरुका समस्या के रहेछन्, तपाईहरुले उठाउनु पर्नेे मुद्दा यो क्षेत्रमा कस्तो–कस्तो पाउनुभयो ?

एसिया प्यासिफिक क्षेत्रमा महिलाहरुको प्रमुख समस्या र पुरुषका समस्या उस्ताउस्तै छन् । तर, पुरुष भन्दा महिला केही मात्रामा लिंगका आधारमा पीडित भएको पाइन्छ । चाहे त्यो मालिकबाट होस् चाहे काम गर्ने ठाउँमा नै । हालसालैको समस्याको कुरा गर्दा महिलाहरु अलि बढी बिरामी हुने, विदेशी वा कोरियनसँग बिहे गरेर आएर विभिन्न देशमा गएर बेरोजगार बन्ने, त्यस्तो किसिमको समस्याहरु छ । यसलाई हामी विभिन्न कार्यक्रममार्फत अभियान चलाएर एसिया प्यासिफिक भित्रको एनआरएनएमा महिलालाई सशक्त र शिक्षित बनाउने, संस्थागत बनाउने किसिमको अभियान चलाउनेछौ । सुरुमा संगठीत भएपछि अभियान थाल्नेछौ ।

तर, एसिया प्यासिफिक क्षेत्रमा तुलनात्मक रुपमा पुरुषहरु भन्दा बढी महिलाहरु समस्यामा रहेका छन्, जस्तै मलेशिया, थाइल्याण्ड लगायतमा पनि विभिन्न फरकखालका समस्याहरु छन् । तपाई आफै एउटा महिला भएको नाताले के भन्न चाहनुहुन्छ ?

मेरो सोचाइमा महिला पुरुष एउटै हुन । सबैको उत्तिकै सोच्ने क्षमता र काम गर्ने क्षमता हुन्छन् । शक्तिको कुरा गर्ने हो भने अलिकति बढी होला पुरुषमा, तर काम गर्ने शैली र सोच्ने शैली उस्तैै हो । तर हाम्रो समाज कस्तो छ भने जब महिलाहरु विदेशमा काम गर्न जान्छन्, अलिकति फरक मैले के पाए भने वहाँहरु कामगर्दा कमजोर देखाउनेहरुले, समाजबाट उनीहरुहरुलाई विभिन्न कुराहरुबाट कमजोर मनस्थिति बनाइसकेपछि त्यहाँबाट काम गर्न गा¥हो हुने, पुरुषहरुले पनि फाईदा लिएर मात्रै वहाँहरुलाई सहयोग गर्ने लगायतका समस्याहरु देखिरहेकाछौं । कोरियामा पनि मैले देख्दै आएको विवाह गरेर आएका जति पनि महिलाहरु छन् वहाँहरुलाई मानसिक तनाव बढी दिएर विभिन्न समस्याहरु भइरहेको थियो अहिले त्यो धेरै कम छ ।

एनआरएनएले महिलाहरुको लागि विशेष त्यस्तो केही कार्यक्रमहरु ल्याएको छ ?

हालसालै हाम्रो आईसिसि महिला फोरमबाट एउटा अभियान चलाउन खोजिरहेका छौं । युरोप, अमेरिकातिर त्यो सुरु पनि भैसकेको छ र हामीले एसिया प्यासिफिक क्षेत्र भित्र पनि केही समयभित्रै इलभ एभचकयल, इलभ म्यििबच को अभियान चलाउदै छौ । एसिया प्यासिफक भित्रको एनआरएनएमा जति पनि आबद्ध हुनुहुन्छ या बाहिरको ईच्छुक दाजुभाई दिदीबहिनीहरुले प्रत्येकले एनआरएन आईसिसि महिला फोरमलाई एक व्यक्ति, एक डलर सहयोग प्रदान गर्न सक्नुहुनेछ । यो अभियान सुरु गरेर केही आर्थिक कलेक्सन गर्नेछौ र जुन नेपालको दुर्गम क्षेत्रमा स्वास्थ शिविर सञ्चालन गरेर युटेरस, प्रोल्याप्स लगायत विभिन्न किसिमका महिलाहरुका समस्याहरुको उपचारमा सहयोग गर्नेछौं । त्यसमा हजुरहरुको पनि सहयोग आवश्यक छ ।

तर नेपालमा महिलाहरु विदेश जानुहुँदैन, त्यहाँ बढी शोषित हुन्छन् भन्ने धारणा छ । तर तपाईहरु अधिकारका हिसाबले हामी सक्षम छौं भन्नुहुन्छ । महिला अधिकारकर्मी पनि भएको नाताले तपाईले भन्नुपर्दा महिलाहरुको लागी वैदेशिक रोजगार कतिको उपयुक्त हो ?

म के भन्न चाहान्छु भने विदेश गएर सबै पुरुषले पैसा कमाउन सक्दा महिलाले पनि कमाउन र काम गर्न सक्छन । तर आत्मबल एकदमै द¥हो बनाएर, कुनै पुरुष भन्दा म कम छैन, म काम गर्न पनि सक्छु जे गर्न पनि सक्छु भन्ने एउटा अठोट लिएर अघि बढेको खण्डमा हामी महिलाहरुको लागी पनि विदेश राम्रो छ । हामी महिलाहरुको अलिकति आत्मबल कमजोर हुने र अरुको कुरामा बढी प्रभावित तथा लालायित हुने कारणले कमजोरी देखीएको हो । वास्तवमा त्यस्तो मनस्थितिमात्र परिर्वतन ग¥यौ भने हामी कुनै पनि ठाउँमा काम गर्न र पैसा कमाउन सबल छौ ।

तपाई विदेश जान खोजीरहनुभएका, परिश्रम गर्न खोजीरहनुभएका, आफ्नो खुट्टामा आफैं उभिन खोजिरनुभएका महिला दिदीबहिनीहरुलाई के सल्लाह दिन चाहानुहुन्छ ?

जति पनि नेपाली दिदीबहिनीहरु विदेश जान तयारी गर्दै हुनुहुन्छ वा विदेश जान्छु भन्ने मनस्थिति बनाउनुभएको छ वहाँहरु सबैलाई ‘हामी कुनै पुरुष भन्दा कम छैैनौ र कुनै पनि काम गर्न एकदमै सक्षम छौं’ भन्ने अठोट गर्न आग्रह गर्दछु । तपाईहरु जुनसुकै ठाउँमा बस्नुहुन्छ, तपाईहरु एक्लै किन नहोस्, तर सही तरिकाले बस्नुस, सही काम गर्नुस, विदेश गएर आफ्नो फाईदाको लागी मान्छेको लालयितमा आफु कमजोर नबन्नुस् । हामी वीर गोर्खालीका सन्तान हौं भन्ने मनमा अठोट राखेर जुनसुकै देशको जुनसुकै कुनामा जानुहोस तपाईहरु एकदमै सक्षम र सुरक्षित हुनुहुन्छ । तपाईहरुलाई कतै पुरुषसँग सहयोग माग्नुपर्दा सकारात्मक रुपले सहयोग माग्नुहोस् वहाँहरुले पनि अवश्य सहयोग गर्नुहुनेछ । तपाईहरु सक्षम भएर पैसा कमाउनु होला, आफु जोखिममा बसेर कुनै पनि काम नगर्नुहोला, अवश्य पनि तपाईको भविष्य सुन्दर छ भन्न चाहान्छु ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *