अबका केही वर्षमा ‘बेलाको’ ब्राण्ड विश्वका धेरै देशमा पुग्नेछ : अब्दुल वाशिद 

news-details

सामान्य कामका लागि खाडी मुलुक कतार छिरेका नेपाली युवा अब्दुल वाशिद अहिले विश्व बजारमा चिनिन थालेका छन् । अहिले उनी कामदार होइन मालिक बनेका छन् । कतारमा व्यवसायीक ख्याती कमाइरहेका वाशिदले आफ्नो भाई अब्दुल हाफिज र दाजु अब्दुल कदिर बासिदको साथ लिएर ‘बेलाको ब्राण्ड’ स्थापित गरिसकेका छन् । अब युकेको बजारमा पनि ‘बेलाको ब्राण्ड’ विस्तार हुँदैछ । कतारमा सफल नेपाली ब्राण्डकोरुपमा स्थापित भैसकेको ‘बेलाको ब्राण्ड’ यही अगष्ट २४ बाट युकेको बजारमा पनि लन्च हुदैछ ।

एनआरएनए आइसीसीको सामाजिक उद्यमशीलता विकास समितिको मध्यपूर्व संयोजक समेत रहेका वासिदको बेलाको ब्राण्ड कतारमा ठूलो बजार हिस्सा लिन सफल छ । हालसालै मात्र कतारमा सम्पन्न ‘प्रोजेक्ट कतार एक्जिविशन’मा हजारौ अन्तर्राष्ट्रिय ब्राण्डहरुका माझमा चर्चा कमाउन सफल ‘बेलाको ब्राण्ड’को स्टलमा अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुको भीड नै लागेको थियो ।

कतारमा ‘अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनी’मार्फत उत्पादन तथा वितरण हुदै आएको छ भने युकेबाट ‘बेलाको युके लिमिटेड’मार्फत वितरण हुने जनाइएको छ । आफ्नै गाँउ जनकपुरको बेलाको नामबाट बाशिद दाजुभाईले स्थापना गरेको ‘बेलाको ब्राण्ड’का सामाग्रीमा नेपालको पहिचान समेत भएकाले आम नेपालीले उनीहरुप्रति गर्व गर्न थालेका छन् । उनै अब्दुल वाशिदसँग बेलाको ब्राण्डको सफलताको कथा र भावी योजनाका बारेमा रोजगार मञ्चले गरेको कुराकानी :

कतारमा पनि तपाईले अन्तर्राष्ट्रिय स्तरको कम्पनीसंग प्रतिस्पर्धा गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । जन्म गाउँको नामबाट ‘बेलाको’ ब्राण्ड आज कतारमा मात्र नभएर विश्व बजारमा पु¥याउँदै हुनुहुन्छ, खासमा यो कस्तो ब्राण्ड हो ?
‘बेलाको ब्राण्ड’ हाम्रो मातृभूमीको नामबाट राखिएको हो । हाम्रो जन्म ठाउँ जनकपुरको बेलाको गाउँबाट यो नाम हामीले जुराएका हौं । यो ब्राण्ड अन्तर्गत एअर कन्डिसनका सामानहरु जस्तै स्प्लीट एसी, विन्डो एसी, फ्रिस्टाइल एसी, क्याचेट एसी, फ्यान लगायतका सामानहरु उत्पादन गरेर कतारका बजारमा बिक्री गरिरहेका छौ । अब यही अगष्ट २४ तारिखबाट बेलायतमा पनि ‘बेलाको ब्राण्ड’ संचालनमा ल्याउन लागेका छौं । बेलायतमा संचालन पश्चात त्यहाँका सम्पूर्ण ग्राहकहरुले हाम्रो अनलाइन www.belako.co.uk बाट अनलाइन मार्फत खरिद गर्न सक्नुहुनेछ । यो बेलाको ब्राण्ड अहिले कतारमा एकदमै स्थापित भएको ब्राण्ड हो । भविष्यमा यो ब्राण्ड विश्वभरी जानेछ र सँगसँगै हाम्रो देश नेपालमा पनि आउनेछ ।

तपाईहरु जन्मिनुभएको गाउँ बेलाको नामबाट ब्राण्डको नाम राख्नुभयो, आज कतारबाट सफल भएर बेलायतसम्म यो ब्राण्डलाई लैजादै हुनुहुन्छ ? यो नामको कन्सेप्ट कहाँबाट आयो ?
हामी कतार जाँदा खेरी त्यहाँ अरु नेपालीहरुले विभिन्न किसिमका व्यवसायहरु गरिरहनुभएको थियो । हामीले केही छुट्टै व्यावसाय गर्ने सोच बनायौ । हाम्रो ठाउँलाई, देशलाई विश्वबजारमा चिनाउने र नेपालका नागरिकहरु पनि व्यापार व्यवसायमा विश्व बजारमा स्थापित हुन सक्छन् भन्ने हिसाबले हामीले एसीको व्यावसाय सुरु गरेका हौं । अहिले कतारका ठूला–ठूला रेष्टुरेण्ट, होटेल, फ्याक्ट्री, ठूला–ठूला शेखहरुका घरमा हाम्रो सामानहरु गइरहेको छ र अहिले विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डहरुको सामु आफुलाई स्थापित गराउन हामी सफल भएका छौ ।

तपाई सबैभन्दा पहिले कतार जादाँ वैदेशिक रोजगारीको सिलसिलामा एउटा लेवरको रुपमा जानुभएको थियो । यस्तो ठूलो फड्को मार्न पक्कै पनि सजिलो थिएन होला ? यो सफलता कसरी मिल्यो ?
काम भनेको कुनै ठूलो सानो हँुदैन । काम भनेको मिहिनेतको साथ, इमान्दारीताका साथ गर्नुपर्छ । मैले सुरुवातमा काम गर्दा धेरै नै दुःख गर्नुप¥यो । सानो काम गर्दै गए, त्यसबाट सिक्दै गए, त्यसपछि बिस्तारै राम्रो हुँदै गयो । काममा लगनका साथ मिहिनेत ग¥यौ । त्यसको प्रतिफल आज यो अवस्थामा हामी छौ ।

कतारमा संघर्ष गरेर आफ्नो ब्राण्ड स्थापना गर्नुभयो, अहिले बेलायतको बजार चै कसरी पहिचान गर्नुभयो ?
मेरो भाई अब्दुल हाफिजको विवाह युकेमा भएको थियो । त्यही क्रममा युके आउने जाने गर्दा त्यहाँ रहेको बिजनेस अपरच्युनिटीलाई बुझेर, त्यँहाको बजारको माहोल बुझेर, व्यवस्थित ठाउँ लगायतका कुराहरु हेरेर हामीले बिजनेस अप्रोच गरेका हौं । मेरो भाई युके गइसकेपछि त्यँहाको बजार बुझ्न नै हामीलाई २ वर्ष लाग्यो ।

बेलायतमा रहेका उपभोक्ता तथा नेपाली समुदायलाई बेलाको ब्राण्डको बारेमा कसरी जानकारी गराउनुहुन्छ ?
हामीले बेलायतको डोनकास्टर शहरमा कम्पनी स्थापना गर्न लागेका छौ । आधिकारीक उद्घाटनका लागि त्यहाँका स्थानिय सरकारी अधिकारीहरुलाई निमन्त्रणा गरेका छौ । त्यसपछि हामी लन्डन गएर त्यहाँ रहनुभएका नेपाली समुदाय तथा नेपाली दूतावाससँग अन्र्तक्रिया कार्यक्रम गर्नेछौ । त्यो कार्यक्रम मार्फत हाम्रो बाण्ड र ब्राण्डबाट उत्पादन हुने सामान र त्यहाँ बस्ने नेपालीहरुले हाम्रो ब्राण्ड किन्दा पाउने सहुलियतको बारेमा जानकारी गराउने छौ । मलाई आशा छ यो एकदमै सफल हुनेछ ।

भर्खरै भएको कतारको अन्तर्राष्ट्रिय प्रदर्शनीमा ‘बेलाको ब्राण्ड’ पनि राखिएको थियो र त्यसमा धेरैको ध्यानाकर्षण थियो, अन्तर्राष्ट्रिय बजारमा आफ्नो सामानको कस्तो रेस्पोन्स पाइरहनुभएको छ ।
कतारमा भएको प्रोजेक्ट कतार एक्जिविशन भनेको मध्यपूर्वको एउटा ठूलो र राम्रो एक्जिविशन हो । त्यहाँ सहभागी भएर अन्य थुप्रै अन्तर्राष्ट्रिय ब्राण्डसँग बसेर हाम्रो ब्राण्डको प्रोमोट ग¥यौ । त्यस क्रममा विभिन्न देशका मानिसहरुले हाम्रो देशमा पनि तपाईको ब्राण्ड स्थापना गर्नुहोस भनेर आग्रह गर्नुभयो । त्यो एक्जिविशनमा भेला भएका सबैको आ–आफ्नो देशको झण्डा थियो । त्यस प्रदर्शनी सेन्टरमा हामीमात्र एक्लो नेपाली थियौ । त्यसमा सहभागिता जनाउँदा खेरी त्यहाँ नेपाली राजदूत पनि आउनुभएको थियो । उहाँ पनि धेरै नै खुसी हुनुभयो र नेपाली युवाहरुले अन्तर्राष्ट्रिय स्तरमा नेपालको शान बढाएकोमा गर्व गर्नु भयो । त्यस एक्जिविशनबाट हामीले कस्टुमरहरुको एकदमै राम्रो रेस्पोन्स पायौ । भविष्यमा हामी हाम्रो ब्राण्डलाई अझ ठूलो बनाउँछौ । अबका केही वर्षमा यो ब्राण्ड विश्वका धेरै देशहरुमा देख्न सक्नुहुनेछ भन्ने वाचा गर्न चाहान्छु ।

तपाईहरुले कतार जस्तो गर्मी ठाउँमा एसीको व्यावसाय गर्नुभयो, त्यहाँ रहेका धेरै नेपालीहरु अन्य व्यवसायमा रहेका छन् तर तपाईहरुले यो नयाँ सेक्टर रोज्नुको कारण चै ?
हामी विदेश पलायन हुँदादेखि नै केही सपना चै थियो । सुरुवाती दिनमा हामीले धेरै क्षेत्रमा काम ग¥यौं । हामीले अन्त्यमा आएर एसी कै व्यावसाय किन ग¥यौ भने अहिले वल्र्डकप २०२२ को लागि कतारमा धेरै प्रोजेक्टहरु भइरहेको छ । यो प्रोजेक्ट सकिएपछि गर्ने के त ? त्यही भएर हामीले कतार जस्तो गर्मी हुने देशमा यदि एअर कन्डिशनको बिजनेस ग¥यौं भने राम्रो हुन्छ र भविष्यमा वल्र्डकप पछि पनि काम दिने हुनाले हामीले यो व्यवसाय रोजेका हौं । यो गर्नुको अर्को कारण के हो भने सुरुवाती दिनमा हामीले केही कामका लागि इमिग्रेशन जाँदा धेरै नै अफ्ठ्यारो हुन्थ्यो । त्यो अफ्ठ्यारोलाई काट्नलाई हामीले यो सेक्टर रोज्यौ जसले हाम्रो स्टाटस पनि हुने र भविष्यमा यदि कोही नेपाली दाजुभाई यदि अन्तर्राष्ट्रिय बजारमा काम गर्न जादै हुनुहुन्छ भने उहाँहरुलाई प्रेरणा पनि मिलोस् भनेर गरेका हौ ।

तपाईहरुले नयाँ व्यवसाय सुरु गरेर अन्तर्राष्ट्रिय स्तरमा पुग्दैहुनुहुन्छ । आज पनि धेरै नेपालीहरु वैदेशिक रोजगारीमा गएर त्यही रोजगारी गरेर फर्किइरहेको अवस्था छ, कति त समस्यामा परेर ठगिएर फर्केका नेपालीहरु पनि छन् ? त्यो देख्दा कस्तो लाग्छ यहाँलाई ?
सबैभन्दा पहिला हाम्रो देशबाट जाने–पठाउने तरिका ठिक हुनुप¥यो, जुन सीपको मान्छेको डिमाण्ड भएको छ त्यही सीप भएको दक्ष मान्छे पठाउनुप¥यो । त्यसरी पठाइसकेपछि कमसेकम मान्छेले त्यँहाबाट केही सिकेर आउँछ । सिकेर आइसकेपछि सरकारले देश भित्र रोजगारीको श्रृजना गरिदिनुप¥यो । अहिले विदेशमा लगभग ३०–४० लाख मानिसहरु रोजगारी गरिरहेकाछन् । यदि उनीहरु सबै नेपाल फर्किए भने कस्तो अफ्ठ्यारो अवस्था हुन्छ । अहिले स्थिर सरकार आएको छ । अब देशमै रोजगारीको श्रृजना कसरी गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकारले ध्यान दिनुप¥यो । व्यवसाय गर्न सक्ने वातावरण बनाउनुप¥यो । हाम्रो देशमा पनि धेरै कुरा गर्न सकिन्छ । अहिलेको हरेक प्रदेशमा औधोगिक क्षेत्र बनाउनुप¥यो । यस्तो भयो भने हाम्रो देश पनि समृद्धितिर अघि बढ्छ भन्ने मलाई लाग्छ ।

तपाइहरु अहिले अन्तर्राष्ट्रिय बजारमा लगानी गरिरहनुभएको छ, नेपालले लगानी खोजिरहेको छ । के वातावरण भयो भने तपाईहरु नेपालमा पनि ठूलो लगानी गर्न सक्नुहुनेछ ?
सबैभन्दा पहिला कुनै पनि इन्भेष्टरले जमिनमाथि लगानी लगाउँदैन । अरु देशमा लगानीगर्दा जमिन सरकारले दिन्छ त्यसमा लगानी इन्भेष्टरले गर्ने हो, त्यसमा रोजगारी श्रृजना पनि इन्भेष्टरले गर्ने हो । हरेक देशमा इन्भेष्टमेन्ट एप्रोच हुन्छ । इन्भेष्टरले जति लगानी गरेको छ त्यो भन्दा बढी लगानी उठोस्, अझ बढी रोजगारीको श्रृजना होस भन्ने नै चाहन्छ । त्यस्तै नेपाल सरकारले तिन चारवटा कुरामा ध्यान दिनुप¥यो । जस्तै हरेक प्रदेशमा एक–एक वटा इकोनोमिक हब बनाउनुप¥यो । लगानी ल्याउनलाई स्किमहरु ल्याउनुप¥यो । प्रमोट गर्नुप¥यो त्यो स्किमहरुको । त्यो भएपछि हाम्रै देशका मानिसहरुबाट देश समृद्धि हुन सक्छ ।

तपाई एनआरएनए आइसीसीको सामाजिक उद्यमशीलता विकास समितिको मध्यपूर्व संयोजक पनि हुनुहुन्छ, नेपाली युवाहरुलाई उद्यमशिल बन्नको लागि तपाई के सुझाव दिन चाहनुहुन्छ ?
अव धेरैभन्दा धेरै युवाहरु उद्यमशिल बन्नु पर्छ । कुनै पनि क्षेत्रमा व्यवसाय गर्नको लागि पैसा लगाउनु भन्दा पहिला त्यो व्यवसायको बारेमा पूर्णरुपमा जानकारी हुनुपर्दछ । साथै कुन ठाउँमा व्यवसाय गर्दैछौ त्यसको बारेमा बुझ्न पनि धेरै जरुरी छ । यदि केही जानकारी बिना व्यवसाय गर्ने हो भने त्यसको कुनै फाईदा छैन वा डुब्न पनि सक्छ । एकदमै मेहनेत र इमान्दारितापूर्वक काम गर्नुपर्छ, व्यवसायका टेक्निकल पाटोहरु बुझ्नु पर्छ । अनि मात्र व्यवसायमा हात हाल्दा राम्रो हुन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *