‘जति व्यापार गर्छु आफ्नै उत्पादन गर्ने गरेको छु’ : बसन्ती लिम्बु
- बिन्दु अधिकारी ढकाल
- फाल्गुन १०, २०८१
- 0

दार्शनिकले खुसीलाई मानव जीवनको नैतिक लक्ष्यको अवसरका रुपमा लिने गरेका छन् भने सामान्य मानिसले खुसीलाई भाग्यको पर्यायका रुपमा लिने गर्दछन् । मानिस एउटा चिजबाट मात्र खुसी हुन्छन् र त्यो हो– उनीहरुको शरीरमा उत्पन्न हुने सुखद अनुभूति । जुन शरीरमा विभिन्न रासायनिक प्रतिक्रिया पछि प्राप्त हुने गर्छ ।
सामाजिक समर्थन खुसीको एक अर्को अनिवार्य हिस्सा हो । रगत या सम्बन्धको आधारमा मानिस जोसँग नजिक हुन्छ, उनीहरुसँग सकारात्मक र सहायक सम्बन्ध बनाउँदा तनावबाट मुक्ति मिल्छ । स्मरणीय कुरा सामाजिक समर्थन संख्यामा भन्दा गुणवत्तामा हुन जरुरी छ । प्रशस्त आकस्मिक परिचित हुनुभन्दा एकदम प्रिय र भरोसायुक्त केही मानिसको प्रभावले समग्र खुसीमा अधिक प्रभाव पार्छ ।
जीवनमा सुखको ज्योति बाहिरबाट बल्ने होइन । मानिस आफैँले आफैँभित्रबाट बाल्नु पर्छ । मानिसको हृदयभित्रबाट चम्कने प्रकाशलाई कुनै कुराले मधुरो बनाउन सक्दैन । आदिम हाम्रो परम्पराले प्रष्ट्याको कुरा हो यो । तनमन खर्चेर सधैँ कर्ममा लाग्ने व्यक्ति नै सबैको विश्वास र प्रिय पात्र बन्छ । उसलाई लोभ जाग्छ तर धन कमाउनको लागि होइन । बल्कि समाजभित्रै खुट्टा हल्लाएर जित आर्जनका लागि । त्यस क्रममा उसले कसैको उत्थान पनि गरेको हुनसक्छ । उद्धारको बाटो झन् अनन्त छ ।
काठमाडौंको फराकिलो सडकमा हिँड्दै थिएँ, बसन्ती लिम्बुसँग जम्काभेट भयो । उहाँको साथमा नातिनी बेबिसा पनि थिइन् । बसन्ती आमाका कुरा सुन्दा मिहिनेतको केही अंश नातिनातिनीका लागि खर्च गर्नुहुदो रहेछ । बेबिसाको दाजु घरमा रहेको खुलासा गर्न आमाले समय लगाउनु भएन । ती दाजुबहिनीको परिस्थिति सुनेर एकछिन त म छक्कै परेँ । जसै आमाले भन्दै जानु भयो, मैले सुनेँ । सुन्ने सुनाउने त्यो क्रम समय बितेको पत्तो भएन ।
“मानिस उमेरले बुढो भए पनि मन ठीक छ भने मिहिनेत गर्न सकिन्छ । काममा जति अग्रसर भयो, जीवन उती नै सहज हुन्छ । हाम्रो पुरानो थातथलो ताप्लेजुङ हो । धेरै वर्ष अघि मोरङ आइयो । यतिखेरको बसाइँ ललितपुरमा छ । मेरो श्रीमान् र छोरीपट्टिका यी दुई नातीनातिना सहित चार जनाको परिवार छ ।
म उमेरका हिसाबले छ दशक पार भएँ । मैले जन्माएका दुई छोरी र दुई छोरा सबै जना आ–आफ्नो व्यवहारमा छन् । यी भुराहरुसँग हामी पनि आफ्नै व्यवहारमा छौँ । यो बेबिसालाई तीन वर्षको उमेरदेखि पालेको । यसको दाजु चाहिँ अलि ठुलो थियो । अहिले यो नातिनी ५ कक्षामा पढ्ने भई । दाजुले सात पढ्नुपर्ने तर ६ मै फेल भयो ।”
बसन्ती आमाले आफूसँगै लेपासिएर बसेकी नातिनीलाई सुम्सुम्याउदै बात गर्नुभयो । उहाँलाई सुन्दै जाँदा मलाई बढी नै कौतुहल बढेको हुँदा आश्चर्य जनक शैलीमा सोधेँ, बेबिसाका आमाबुवा कहाँ छन् ? कि विदेश गए ? दुवै सन्तान आमाका जिम्मा छोडेर । अहिलेको परम्परा नै यस्तै छ, हाम्रो समाजका बुवा पुस्ता विदेश छन् । कतिका आमा । अनि, कति आमाबुवाले चाहिँ आर्थिक रुपमा आफू रित्तिएर छोराछोरीलाई परदेश धकेलेका छन् ।
बालिका बेबिसा र उनको दाजुलाई हजुरआमा हजुरबाको साथ जुर्नाको कारण ममीबाबा दुवै जनाले दोस्रो बिहे गरेका रहेछन् । आफ्ना अभिभावकको मायाबाट वञ्चित दाजुबहिनीको पढाइ लेखाइदेखि हरेक आवश्यकताको सहारा बने मावली हजुरआमा हजुरबा । कुरा राख्न बसन्ती आमाको पालो नसकिएको हुनाले पुनः सुरु गर्नुभयो ।
“मेरो श्रीमान् वीर बहादुर लिम्बु गाई फार्ममा काम गर्नुहुन्छ । काम नजिकै महिनाको १५ हजारका दरले कोठा भाँडा तिरेर बस्दै आएकोमा अब गाई फार्ममै सर्ने योजना बनिसकेको छ । त्यहाँ सरेपछि भाँडा तिर्नु पर्दैन । फार्मको एरिया धेरै हुनाले तरकारी लगाउँछौँ । बोट बिरुवालाई आवश्यक पर्ने पानीको दुःख छैन ।
काक्रा, फर्सी, लौका, स्कुस, चम्सुर, पालुङगो, सुप, धनिया, काउली, बकुल्ला, रायो बारीमा जे लगायो, सबै फल्छ । उसो त यो उपत्यकाको माटो नै उर्वर छ । प्रकृतिले दिएको यस्तो अनुपम जमिनमा यतिखेर घर फलाएर उब्जाउ माटो नासेको–मासेको देख्दा नमज्जा लाग्छ । बास बस्न घर चाहिन्छ तर खेतीयोग्य ठाउँमा सरकारले नै घर बनाउन बन्देज गर्नुपर्ने हो नि, होइन त नानी ?
चिनजानकी बहिनीको आडमा ढुक्कसँगले बस्नुभएकी व्यापारी बसन्ती आमासँग रायो र पालुङगोको साग अनि काउली थियो । केजी र आधा केजी जोखिवरि झोलाझोलामा हालेर पोका पार्नु भएको देखेँ । साँझको चुलो बाल्नु अघि तरकारीको जोहो गर्न घरबाट हिँडेकी मलाई त्यो फुलकोपी लोकल हो भन्नासाथ हात अघि स¥यो । फेरि, डाक्ला पनि नभएकोले देख्दै किनौकिनौ भयो ।
तपाईलाई कति विश्वास लाग्छ, हिजोसम्म मैले फूल बेचेँ । देखिहाल्नु भो म बसेको ठाउँ । दशैंदेखि लगातार आज पुस कति गते भयो ? हो नानी, यही ल्याएर बेचेँ । उर्लदो जाडो अब भने तुसारोले बोट खायो । यो काउलीमा गाईको मल बाहेक रासायनिक मलको कुनै गन्ध परेको छैन । मैले जति व्यापार गर्छु, अरु व्यापारीको सामान खरिद गर्नु परेको छैन । बरु थोरै होस्, आफ्नो उत्पादन भनेको आफ्नो हो । फलाएको सबै बेच्दिनँ । साथीभाइलाई दिनुपर्छ, खानु पर्छ अनि रहेको बेच्ने हो ।
पहिला सिमित ठाउँमा सानो टनेल हुँदाको तुलनामा गाई फर्म एरियामा अब झन् बढी उत्पादन गर्ने योजना बनिसकेको छ । दिनदिनै फर्सी रोप्ने बेला भयो । सिजनमा मुन्टै नाथे त कति हुन्छन्, कति । त्यस्तै, लोकल काक्रा फल्छन् । तराईको हेरि त्यसको स्वादै अर्को । तनमन लगाउन जागर हुनुपर्छ अर्थात् मानिससँग जागर छ भने तनमन पर हुँदैन, वरै सर्छ ।”
चिनजानकी बहिनीको आडमा ढुक्कसँगले बस्नुभएकी व्यापारी बसन्ती आमासँग रायो र पालुङगोको साग अनि काउली थियो । केजी र आधा केजी जोखिवरि झोलाझोलामा हालेर पोका पार्नु भएको देखेँ । साँझको चुलो बाल्नु अघि तरकारीको जोहो गर्न घरबाट हिँडेकी मलाई त्यो फुलकोपी लोकल हो भन्नासाथ हात अघि स¥यो । फेरि, डाक्ला पनि नभएकोले देख्दै किनौकिनौ भयो ।
अघि पेटीमाथि उक्लेर मोलतोल गर्न थालेको भए चोक पुग्न ढीलो हुन्छ भनेर सरासर बाटो लागेकी थिएँ म । अचेलभरि साखा बाटोतिर पनि नगरपालिकाको निगरानी बढेकाले जहातहीँ बसेर व्यापार गर्ने ठेला छैनन् । सिलाखोज कतै भएकाहरु बहुत होस साधेर बसेका छन्, देखिन्छन् । बसन्ती आमाका कुरा सुन्न जुरेको रहेछ र पो चोकबजारतिर मन नअडिएको रहेछ । हो, जब आमासँग गफिन पाएँ, यस किसिमको अनुभूति भयो । अनि, घुमिफिरि रुम्जाटार भने पारा नातिनी बेबिसालाई सोधेँ, ममीबाबासँग फोनमा कुरा हुन्छ ? कि सोधखोजै गर्दैनन् ? तिम्रो पढाइ कस्तो छ नि ? “राम्रो” बस ऊ यहाँभन्दा अघि बढिन ।
“यो त राम्रै पढ्छे । सकेको काम सघाउन अल्छी पनि गर्दिन । पानी भर्छे, बढार्छे, जुठाभाँडा सफा गर्छे । खाना पकाउन म आफैँ अघि सर्छु । विद्यार्थी मान्छे पढ्नु पनि प¥यो । नजानेको कुरा सर मिससँग सोध् भन्छु, खै के गर्छे ? सामुदायिक स्कुलमा शुल्क लाग्दैन भने पनि डिरेस किन्नु प¥यो । परीक्षा फी भन्छन्, तिर्नु प¥यो । धन्न पाँच कक्षासम्म खाजा सुविधा हुनाले यसलाई घरबाट टिफिन बोक्नु पर्दैन ।
पहिला श्रीमान् घर बनाउने मिस्त्री काम गर्नुहुन्थ्यो । उमेरभरि धेरै खट्नुभयो । छोराछोरी बढाउन पढाउन भनौँ घर गृहस्थी चलाउन अथक श्रम गर्नुप¥यो । बिस्तारै नानीहरु काठमाडौं आए । अनि, म पनि आएँ तर परिस्थितिको कारण अहिले कोही कता कोही कता भएका छौँ । आफ्ना हातखुट्टा चलुन्जेल गरेर खानुपर्छ । यसमा दुःख छैन, लाग्दैन ।
नाती केटो कहिले पैसा लिएर जान्छ र उतै किनेर खान्छ । कहिले घरैमा तयार गरिदिएर टिफिन बट्टामा लैजा भन्छु । खानेकुराको चिन्ता छैन, सकेको स्याहार चाकर गरेको छु, छौँ । अहिलेका केटाकेटीको लत भन्नु कि कुलत जतिखेरै मोबाइल हेर्नु पर्ने । त्यो मात्रै नहेर न पढ भन्यो नमान्ने । गाली गरौँ, रिसाएर चौपट । सुन्दै डरलाग्दो कुरा हिजोआज कति केटाकेटीले डोरीको पासो लगाएका छन् । यिनीहरुलाई आफ्ना बाउआमाको माया कस्तो हुन्छ, थाहै छैन । अहिले कन्ट्याक पनि छैन तर कुनै दिन बाउ मेरा छोराछोरी खोई भनेर सोध्दैखोज्दै आयो भने हामीले के जवाफ दिनु ? यसकारण केटाकेटीसँग बढी बोल्नु भन्दा जसो होला भन्छु म त ।”
ललितपुर बस्ने बसन्ती आमा सामानको पोको बोकेर कोटेश्वर नै किन धाउनु हुन्छ ? यता आउन दुईटा गाडी चढ्नु पर्छ अर्थात् एक पटक गाडी बदल्नु पर्छ । आखिर उता पनि बजार छ । यो साग, तरकारी र फूल सबै बिक्छ । नातिनातिनाको स्कुल यति टाढा किन धाउथे, पायक पर्ने गरी उतैको सामुदायिक विद्यालयमा पढ्दा हुन् । आमालाई नियाल्दै मेरो मनभित्र कुरा खेलिरहे । जस्तो कि दोहोरी कलाकार !
आमाबा दुवै जना साठी वसन्त पारको उमेर अर्थात जेष्ठ नागरिक भइसक्नु भयो । छोराबुहारी सबैसँगै बस्नुपर्ने यो बेला नातिनातिनासँग उनीहरुको काँध बनेर बस्न कति खुसी हुनुहुन्छ ? कि छोराबुहारीहरु देशमा हुनुहुन्न ? मलाई सुनेर बसन्ती आमा भन्नुहुन्छ– “तपाईको कुरा ठीक हो, हामी बुढाबुढी नै जेष्ठ नागरिक भयौँ । हाम्रा दुई भाइ छोरा काठमाडौं बस्थे । दश एघार वर्षसम्म यता बसेर दुःख गर्दा पनि उँभो नलागेपछि परिवार सहित यतिखेर गाउँ फर्केका छन् । कहिले आफ्नो ठाउँ गाउँमै केही गर्छौ भन्छन् ।
फेरि कहिले यता नबस्ने विदेश जाने भन्न छोडेका छैनन् तर खै के गर्छन । कुन देश कसरी जान्छन् । यो कुरा समयले नै बताउँला । पहिला श्रीमान् घर बनाउने मिस्त्री काम गर्नुहुन्थ्यो । उमेरभरि धेरै खट्नुभयो । छोराछोरी बढाउन पढाउन भनौँ घर गृहस्थी चलाउन अथक श्रम गर्नुप¥यो । बिस्तारै नानीहरु काठमाडौं आए । अनि, म पनि आएँ तर परिस्थितिको कारण अहिले कोही कता कोही कता भएका छौँ । आफ्ना हातखुट्टा चलुन्जेल गरेर खानुपर्छ । यसमा दुःख छैन, लाग्दैन । जहाँसम्म छोराहरुसँग बस्ने कुरा हो, राम्ररी कमाउ अनि सँगै बसौला भनेका छौँ ।
तीन वर्षको उमेरदेखि जतन गरेकी नातिनीले सकेको काम सघाउछे । उसो त भोलिको लागि उसले सिक्नु, जान्नु छ । आज गरेको प्रयासले भोलि रोजगार दिन्छ । ध्यान दिएर पढी भने अफिसर काम पाउछे नत्र यही ताल हुन्छ । मानिस भएर जन्मिसकेपछि ढाट्नु चोर्नु भएन तर श्रम गरेर खान त पाइयो नि !
छोरीको घर कोटेश्वर हो । उसँग भेटघाट नि हुने सामान पनि बेच्ने भनेर मलाई यतै व्यापार गर्न मन भयो । ललितपुरको ठुलो बजार लगनखेल हो । त्यहाँ थुप्रै व्यापारी हुन्छन् । त्यसमाथि हामीजस्ता फुटपाथमा बस्नेलाई नगरपालिकाले खेदो गर्छ । कहिले पत्तै नपाई सामान खोसिसक्छ । त्यसरी लुटिएको बेला मलाई भने स्वयं मरेको दिनझैँ लाग्छ । कोहीबेला कस्तो पर्छ भने अस्ति भर्खरैको कुरा हो, मंगलबजार जाऊ न त भनेर नातिनी बोजु गएका थियौँ । त्यहाँ पु¥याएको सामान एक रुपैयाँको व्यापार नभएपछि, भित्रभित्रैको बाटो हिँड्दै कोटेश्वर आएर झोला बिसाएकी मात्र थिएँ, छिनमा सबै तरकारी बिक्यो ।
तीन वर्षको उमेरदेखि जतन गरेकी नातिनीले सकेको काम सघाउछे । उसो त भोलिको लागि उसले सिक्नु, जान्नु छ । आज गरेको प्रयासले भोलि रोजगार दिन्छ । ध्यान दिएर पढी भने अफिसर काम पाउछे नत्र यही ताल हुन्छ । मानिस भएर जन्मिसकेपछि ढाट्नु चोर्नु भएन तर श्रम गरेर खान त पाइयो नि, हैन त नानी ? कि, मैले गल्ती कुरा बोलेँ । अनपढलाई भाती पु¥याएर बोल्न पनि आउदैन ।”
यति भनेर आमा मज्जाले हाँस्नु भयो । त्यही सिको मैले गरेँ । मेरो सिको नातिनि बेबिसा हाँसिन् । अनि, हाम्रो त्यो फोहोरामा कस्मेटिक दल्ने काम छेउको कस्मेटिक पसल सहभागी नहुने कुरै भएन । त्यहीमौका मेरो पालो नातिनी हजुरआमाको फोटो क्लीक गरेँ । बेबिसाले हेर्ने रहर गरेकी हुनाले मोबाइलमा नजर लगाउन अनुमति दिएँ । आमालाई काउलीको पैसा दिएँ ।
“नचिन्दा पो कोहो–कोहो हुन्छ त । अब चिनजान भइसकेपछि खाली हात कसरी पठाउनु ? यति तरकारी बेचेर केकेन गरौला भन्ने छैन । जीवनमा नाफाको मात्रै कुरा गर्नुहुँदैन, हुन्छ त ?” प्रतिप्रश्न गर्दै आमाले पालुङगोको साग मेरो झोलामा हालिदिनु भयो । मलाई भने त्यो सागको मूठो यतिकै ल्याउन मन लागेन । बुढी मान्छेले कति दुःख गरेर कहाँदेखि बेच्न धाउनु भएको छ भनेर पर्सबाट पैसा झिकेर दिन खोजेँ । आमा पर्दैन भन्ने म पैसा थमाउनै खोज्ने । यही सिलसिला केहीबेर बित्यो तैपनि मैले हार्न नमानेपछि “उसो भए यो चाहिँ मेरो तर्फबाट भयो” भनेर अर्को एकमुठा पालुङ्गोको साग थमाउदै मेरो हातको पैसा लिनुभयो ।
भूइँमा ओछ्याएको बोरामाथि सजिएका अर्गानिक तरकारी नजिकै मुढाको आसनमा बसन्ती आमा बस्नुभएको थियो । चुलबुले नातिनी स्कुलमा खुवाउने खाजाकाबारेमा भन्न थालिन्– कहिले खिचडी, कहिले खिर, कहिले जाउलो, कहिले पास्ता त कहिले चिउरा तरकारी खान्छौँ । मिठो हुन्छ, अघाउने गरी खान पाइन्छ ।
राजधानीमा बानी परियो भनेर आफ्नो गाउँ ठाउँ माया मारेको छैन भन्नुहुन्छ, बसन्ती आमा । राजनीति मन नपरे पनि चुनावका बेला भोट दिन जानुहुदो रहेछ । कुराकानीका क्रममा उहाँको दिदी इन्द्रकुमारी लिम्बु नेपाली कांग्रेसको राजनीति गर्नुहुन्छ, भन्न छुटाउनु भएन । बसन्ती आमाले ब्लडप्रेसर र कोलस्टोर दबाउन दैनिक दबाई खानु हुदोरहेछ । भगवान्को कृपा उहाँका श्रीमान्ले कुनै दबाई खानु परेको रहेनछ ।
लाग्छ, जीवन सिकाइ र व्यवहारको योग हो । अनुभव र ज्ञानको उपलब्धि हो । नातिनातिनाका खातिर बसन्ती आमा खट्नु भएको छ । उनीहरुको जीवन खुसी र सुखी पार्न अहोरात्र जुट्नुभएको छ । यद्यपि जीवनसँग गुनासो छैन । सकेको काम गर्न आँट घटाउनु भएको छैन । हेर्दा नै सरल बोल्दा झन् सरल । यतिको मनकारी मानिस दुनियामा पाउन मुश्किल छ । फूलको आँखामा फूलै संसार…! आमाकाबारे यहाँभन्दा बढी बयान गर्न मसँग सामथ्र्य छैन, भएन । आमाका नातिनातिनाले राम्रो पढुन्, अभिभावकको अर्ती उपदेश मानुन् । अग्र्यानिक खानाको परिणाम देशका लागि असल, सक्षम र इमान्दार नागरिक बनुन् ।