प्रगतिशील मञ्चका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको पदबहाली
- भदौ २, २०८३
- 0
काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ तथा पदबहाली भएको छ ।
मञ्चको छैटौं अधिवेशनले आइतबार जनक रावलको अध्यक्षतामा कार्यसमिति निर्वाचित गरेको थियो । निर्वाचन मण्डलका अध्यक्ष तथा मञ्चका संस्थापक अध्यक्ष सरोजकुमार पोखरेलले सोमबार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराएका हुन् ।
मञ्चको खुला उपाध्यक्षमा दलवीर भण्डारी र डण्डपाणि भट्टराई (दिलीप), महिला उपाध्यक्षमा सरिता घले, महासचिवमा सोमबहादुर तामाङ (सोम लामा), उपमहासचिवमा शिवहरि मैनाली (शितल), सचिवमा अर्जुन बुढामगर र जनक पौडेल (रोहन) निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा राजेन्द्रसिंह ठगुन्ना, ओमप्रकाश गुप्ता, सुवास सुनार, जगन्नाथ अधिकारी, सुरज धिताल, रुवि लम्साल, युवराज ढकाल, विष्णुप्रसाद आचार्य, युवराज देवकोटा, रविन घिमिरे, तिलकध्वज कट्टेल र कृष्णभक्त श्रेष्ठ पनि निर्वाचित भएका छन् ।
कार्यसमितिको पहिलो बैठकले अधिवेशन सफल बनाउन सहयोग गर्ने निर्वाचन मण्डल, साधारणसभा उद्घाटनका प्रमुख अतिथिसहित सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको महासचिव तामाङले जानकारी दिए ।















