कतार एयरवेजमा निःशुल्क टिकट र भिसासहित रोजगारीको अवसर (सूचनासहित)

news-details

काठमाडौं । कतार एयरवेज समूहअन्तर्गत विभिन्न पदमा नेपाली कामदारका लागि रोजगारीको अवसर खुलाइएको छ। कतार एयरवेज समूहका लागि निःशुल्क हवाई टिकट र निःशुल्क भिसासहित विभिन्न पदमा कर्मचारी माग गरिएको हो।

विज्ञापनअनुसार सुपरभाइजर, ग्राउन्ड होस्ट, डाइरेक्ट सेल्स एम्प्लोयी, असिस्टेन्ट कुक, लेबरर, क्यासियर, वेटर, ग्राउन्ड स्टेवार्ड, कस्टमर सर्भिस एजेन्ट तथा बडी मसाजर लगायतका पदमा आवेदन दिन सकिनेछ।

माग गरिएका पदमध्ये ब्यागेज सुपरभाइजर, एयरसाइड सुपरभाइजर, ब्यागेज सुपरभाइजर, क्याबिन अपियरेन्स सुपरभाइजर, कस्टमर सर्भिस सुपरभाइजर, फ्लाइट कन्ट्रोल सुपरभाइजर, लोडिङ टिम सुपरभाइजर र ट्रली सर्भिस सुपरभाइजर लगायतका सुपरभाइजरी पद रहेका छन्।

त्यस्तै, ग्राउन्ड होस्टअन्तर्गत कस्टमर सर्भिस एजेन्ट, लोड कन्ट्रोलर, एजेन्ट कार्गो सर्भिस, कार्गो तथा ब्यागेज ट्रान्सपोर्ट एजेन्ट, ग्राउन्ड ह्यान्डलिङ एजेन्ट, लिड फ्लाइट प्लानिङ एजेन्ट, डकुमेन्टेसन एजेन्ट, एयरसाइड टिम लिडर तथा क्याबिन अपियरेन्स एजेन्ट लगायतका पदमा समेत अवसर रहेको विज्ञापनमा उल्लेख छ।

असिस्टेन्ट कुकतर्फ फर्स्ट कमिस, सेकेन्ड कमिस, कमिस सेफ तथा हाइजिन असिस्टेन्ट, लेबररतर्फ एसेम्ब्ली असिस्टेन्ट, इक्विपमेन्ट प्रोसेसिङ असिस्टेन्ट, पोर्टर/लेबर असिस्टेन्ट र टाइल असिस्टेन्ट माग गरिएको छ। यसैगरी क्यासियर, सेल्स असिस्टेन्ट, वेटर, जुनियर बारिस्टा, एफ एन्ड बी फुड सर्भिस असिस्टेन्ट, होस्टेस, स्टेवार्ड र फुड सर्भरलगायतका पद पनि समेटिएका छन्।

विज्ञापनमा पदअनुसार मासिक तलब करिब १,३३७ देखि ४,४३५ कतारी रियालसम्म उल्लेख गरिएको छ। केही पदमा थप सुविधा तथा सेवा–सर्त लागू हुने जनाइएको छ।

भर्ती प्रक्रिया Aspire Employment Services Pvt. Ltd., कलंकी, काठमाडौंमार्फत हुने विज्ञापनमा उल्लेख छ। इच्छुक उम्मेदवारले सम्बन्धित म्यानपावर कम्पनीमा सम्पर्क गरी पद, योग्यता, तलब तथा आवेदन प्रक्रियाबारे विस्तृत जानकारी लिन सक्नेछन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया