काठमाडौं । विद्यालय प्रधानाध्यापकले शिक्षकहरुको तलब रोकेको भन्दै कारबाही गर्ने चेतावनी दिएका शिक्षामन्त्री महावीर पुनले आफनो स्टाटस सच्याएका छन् ।
यसअघि भोलिसम्म शिक्षकहरुलाई तलब निकासा नगरे प्रधानाध्यापकहरूलाई नियमअनुसार कारबाही गर्ने चेतावनी दिएका थिए ।
तर, शिक्षकलाई तलब प्रअले नभइ पालिकाले दिने जानकारी समेत मन्त्रीलाई नभएको भन्दै चौतर्फी विरोध भएपछि उनले यसअघि सामाजिक सञ्जालमा राखेको आफनो स्टाटस सच्याएका हुन् ।
उनले लेखेका छन्,मन्त्रालय बाट पैसा गएर पनि तलव नख्वाउने पालिकाहरुलाई सुचना दशैं तिहारको अवसरमा पालिकाले तलब निकासा गरि दिएन भनेर केहि प्रअ र शिक्षकहरुको गुनासो आएको छ । शिक्षा मन्त्रालय बाट तलब पहिले नै हरेक पालिकामा पठाई सकेको छ। भोली सम्ममा कुनै नाजायज र अन्यायपुर्ण तरिकाले तलव नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता पालिकालाई नियमानुसार कारवाही गरिनेछ।








