मागपत्र प्रमाणिकरण पारदर्शी र नियमसंगत हुने गरेको नेपाली दूतावास साउदी अरवको स्पष्टोक्ती

मागपत्र प्रमाणिकरणमा व्यवसायीको कुनै उजुरी छैन : वैदेशिक रोजगार व्यवसायी संघ
news-details

नेपाली दूतावास साउदी अरवीयाले नेपाली कामदारको मागपत्र प्रमाणिकरणका नाममा अनियमितता तथा आर्थिक चलखेल गरेको आरोपसहित केही मिडियामा समाचार आएपछि दूतावासले खण्डन गरेको छ ।

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई दूतावासको अनियमितताको बारेमा उजुरी दिएको र दूतावासमा राजदूतसहित कर्मचारीहरु आर्थिक चलखेल हुने गरेको कपोकल्पित समाचार बाहिर आएपछि दूतावासले प्रेस विज्ञप्ती निकाल्दै खण्डन गरेको हो ।

राजदूत नवराज सुवेदी, उप–नियोग प्रमुख डा. डमरुबल्लभ पौडेल तथा द्वितीय सचिव टीकाराम उपाध्यायको नाम मुछेर समाचार बाहिर आएपछि दूतावासले आफ्नो ध्यानाकर्षणसहित जवाफ फर्काएको छ ।

दूतावासले रोजगारदाता कम्पनीहरूका मागपत्र प्रमाणीकरण गर्ने कुरामा कसैलाई कहिल्यै कुनै पनि आधारमा भेदभाव नगरिएको जनाएको छ । दूतावासले रीतपूर्वक पेश भएका तथा नेपाली श्रमिकहरूलाई पटक पटक दुखसास्ती दिई बारम्बार उजुरी आएका बाहेकका रोजगारदाता कम्पनीहरूले पेश गरेका मागपत्रहरूका सम्बन्धमा कहिल्यै पनि कुनै पनि तरिकाले नरोकी स्वीकृत गर्ने गरेको जनाएको छ ।

विद्यमान अनलाइन मागपत्र प्रमाणीकरण प्रक्रिया अनुसार अपरेटर, डकुमेन्ट भेरिफिकेशन अफिसर, श्रम काउन्सेलरले आ–आफूलाई तोकिएको विषयहरुको जाँच गरी सकेपछि राजदूत/उपनियोग प्रमुखबाट स्वीकृत हुने गरेको दूतावासले जनाएको छ ।

यसै विषयमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघले आफ्नो ध्यानाकर्षणसहित आपत्ती जनाएको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले मागपत्र प्रमाणीकरणमा व्यवसायीको नाम जोडेर नेपाली नियोगको बद्नाम गरेकोमा आपत्ती जनाएका छन् ।

राजदूतावासले प्रमाणीकरणका सन्दर्भमा नेपाल सरकारले तोकेको राजस्व बाहेक कुनै पनि रकम लिएकोे कुनै प्रमाण भए तथा कुनै रोजगारदाता वा इजाजतपत्रवालाहरूले कुनै पनि कम्पनीको कुनै पनि मागपत्र प्रमाणीकरण गर्दा प्रमाणीकरणमा संलग्न वा दूतावासका कुनै पनि कर्मचारीलाई कुनै रकम दिएको भए यथासिघ्र प्रमाणसहित सार्वजानिक गर्न चुनौती दिएको छ ।

दूतावासले भनेको छ –‘यदि उजुरी दिएको भए उजुरीकर्ता वास्तविक नाममा आउन र पुष्टि गर्न तथा पुष्टि नभएका खण्डमा नियमानुसार कानुनी कारबाहीका लागि तयार रहन समेत यस राजदूतावासको चुनौती छ ।’

यसै विषयमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघले आफ्नो ध्यानाकर्षणसहित आपत्ती जनाएको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले मागपत्र प्रमाणीकरणमा व्यवसायीको नाम जोडेर नेपाली नियोगको बद्नाम गरेकोमा आपत्ती जनाएका छन् ।

संघले भनेको छ–‘नेपाल स्थित सम्पूर्ण बैदेशिक रोजगार ब्यबसायीहरुको एक मात्र छाता संगठन नेपाल बैदेशिक रोजगार व्यवसायी संघ भएको नाताले र मागपत्र प्रमाणीकरण यस क्षेत्रको प्रत्यक्ष सरोकारवाला बिषय भएको हुनाले आधिकारिक सत्य–तथ्य प्रमाण बिना कपोकल्पित समाचारहरू प्रकाशित हुँदा सार्वजानिक सेवामा संलग्न राष्ट्र सेवकको सामाजिक छविमा असर पर्ने, मनोवल गिर्ने र समग्र कार्यसम्पादनमा असर पर्ने कुरा भएको हँुदा कपोकल्पीत समाचार नलेख्न आग्रह गर्दछ ।’

संघका कार्यसमिति सदस्य तथा साउदी अरव संयोजक बैकुण्ठ पौडेल ‘बैभव’ले यदि अनियमितताका सबुत प्रमाण छन् भने संघमा निबेदन दिएमा प्रमाणका आधारमा त्यस्ता व्यक्तिलाई कारबाही गराइने तर बिना प्रमाण भ्रम सिर्जना गरि स्वच्छ छविका कर्मचारीको मनोवल गिर्ने किसिमको काम न गरि दिन सम्बन्धित सबैमा आग्रह गरेका छन्। नेपाली दूतावास साउदीबाट कुनै पनि समस्या नआएको र अहिलेसम्म संघमा व्यवसायीको उजुरी समेत नआएको हुँदा तथ्यपरक समाचार मात्र बाहिर ल्याउन अनुरोध गरेका छन् ।

संघले भनेको छ–‘मागपत्र प्रमाणिकरणमा प्रति कामदार पाँचहजार रुपैया र प्रति फाइल तीनहजार स्थानीय मुद्रा बुझाउनु पर्ने लगायतका उठान गरिएका आरोप हाम्रा सदस्य ब्यबसायीहरु संग समेत प्रत्यक्ष जोडिएको बिषय भएता पनि हालसम्म नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा कुनै पनि इजाजतपत्रवाला तथा रोजगारदाता कम्पनीबाट उजुरी प्राप्त भएको छैन ।’

नियोगमा विगतदेखि आफ्नो स्वार्थ पुरा गर्न लागिपरेका व्यक्ति र समूहहरूले पटक पटक धम्की दिने, नेपालका विभिन्न शक्ति केन्द्रहरूलाई प्रयोग गरी अनावश्यक दवाव दिने र त्यस्ता दबाब अनुसार अनुचित काम गर्न अस्वीकार गर्दा यस किसिमको उजुरी आएको हुन सक्ने दूतावासले बताएको छ ।

यता दूतावासले केही अनुचित अभ्यास गर्ने बैदेशिक रोजगार व्यवसायी कम्पनीहरू र यसका मालिकहरूले यस राजदूतावासका राजदूत, उप–नियोग प्रमुख, श्रम काउन्सेलर, द्वितीय सचिव लगायत अन्य राष्ट्रसेवक कर्मचारीहरूमाथि आफ्ना कुत्सित मनसाय पूरा गर्न साउदी अरबस्थित रोजगारदाता कम्पनीहरूको नाम, ठेगाना, सम्पर्क व्यक्तिको मोवाइल नम्बरलिई मागपत्र प्रमाणिकरणमा संलग्न कर्मचारीहरूलाई विगत देखिनै पटक पटक दवाब दिएर प्रताडित गर्दै आएको जनाएको छ ।

नियोगमा विगतदेखि आफ्नो स्वार्थ पुरा गर्न लागिपरेका व्यक्ति र समूहहरूले पटक पटक धम्की दिने, नेपालका विभिन्न शक्ति केन्द्रहरूलाई प्रयोग गरी अनावश्यक दवाव दिने र त्यस्ता दबाब अनुसार अनुचित काम गर्न अस्वीकार गर्दा यस किसिमको उजुरी आएको हुन सक्ने दूतावासले बताएको छ ।

मागपत्र प्रामीकरणका लागि पारदर्शी अनलाइन प्रणाली लागु गर्ने नेपाल सरकारको श्रम गन्तव्य मध्येको एकमात्र देश साउदी अरबस्थित दुई नियोग (नेपाली राजदूतावास, रियाद तथा महावाणिज्यदूतावास, जेद्धा) मा भएको पारदर्शी प्रमाणीकरण कार्यलाई आफ्ना निहीत स्वार्थ पूरा गर्न नपाएका भ्रष्ट र स्वार्थी तत्वहरूको समूहले पटक पटक हटाउन पहल गर्दै आइरहेको पनि दूतावासले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *