राष्ट्रिय जनगणना २०७८ : २१ लाख ९० हजार ५९२ जना नेपाली विदेशमा
- चैत्र १०, २०७९
- 0

केन्द्रीय तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार २१ लाख ९० हजारभन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् । तथ्याङ्क उपप्रमुख डा हेमराज रेग्मीका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा रहेका छन ।
यो सङ्ख्या २०६८ को राष्ट्रिय जनगणनाभन्दा दुई लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोवास गरेको पाइएको थियो । जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र तीन लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ ।
उपप्रमुख रेग्मीले जनगणनामा सधैँका लागि देश छोडेर गएका व्यक्तिहरुको गणना भने नगरिएको बताए । त्यस्तै, परिवारका सबै सदस्य विदेशमा रहेकाहरुको पनि गणना गरिएको छैन ।
0 प्रतिक्रिया
महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री पशुपतिमा

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार साँझ महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा […]
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार साँझ मौद्रिक […]
‘स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता हुदैँन्’ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता नगर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल मेडिकल […]
नेपालको हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने विधेयक संसद्मा प्रस्तुत

नेपालमा हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार गरिएको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ । संस्कृति, पर्यटन […]
औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइएको बताएका छन् । मंगलबार जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण […]