राष्ट्रिय जनगणना २०७८ : २१ लाख ९० हजार ५९२ जना नेपाली विदेशमा

news-details

केन्द्रीय तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार २१ लाख ९० हजारभन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् । तथ्याङ्क उपप्रमुख डा हेमराज रेग्मीका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा रहेका छन ।

यो सङ्ख्या २०६८ को राष्ट्रिय जनगणनाभन्दा दुई लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोवास गरेको पाइएको थियो । जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र तीन लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ ।

उपप्रमुख रेग्मीले जनगणनामा सधैँका लागि देश छोडेर गएका व्यक्तिहरुको गणना भने नगरिएको बताए । त्यस्तै, परिवारका सबै सदस्य विदेशमा रहेकाहरुको पनि गणना गरिएको छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *