‘नेपाल श्रम आप्रवासन प्रतिवेदन-२०२२’ सार्वजनिक

news-details

‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री शेरबहादुर कुँवरले अहिले सबैभन्दा बढि समस्या श्रमिकहरुका भएकाले उनीहरुका समस्याहरु सम्बोधन गर्नका लागि जुनसुकै देशका सरकारहरु पनि लाग्नुपर्ने बताए । उनले भने ‘आजको दिन आप्रवासी श्रमिकहरुले अधिकार पाएको दिन पनि हो, हामीले जति सहज ढंगले श्रमिकहरु विदेश पठाएका छौ त्यतिनै सहज ढंगले त्यहाको समस्या केलाउन पनि आवश्यक छ ।’

नेपालमा अहिले विदेशमा गएका श्रमिकहरुको रगत पसिनाले पठाएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानिएको अवस्था रहेको भन्दै मन्त्री कुँवरले विदेशमा श्रमिकहरुले न्यूनतम पारिश्रमिक पाएका छन या छैनन, उनीहरु सुरक्षित छन या छैनन, कठिन अवस्थामा पर्दा रेस्क्यु गरिएको छकि छैन लगायतका विषय गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले श्रमिकको अधिकार प्राप्तिको लागि राज्य अभिभावक भएर लाग्नुपर्नेमा जोड दिए ।

मन्त्री कुँवरले हालसालै मात्र कार्यविधि तय गरेर सामाजिक सुरक्षा कोष अन्तर्गत वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई पनि ल्याएको बताउदै यसलाई वैशाख १ गतेबाट लागू गर्ने तयारी भएको जानकारी दिए । ‘श्रमिकको अधिकार प्राप्तिका लागि हामी सबै लागौ, तिनै तहका सरकारहरु मिलेर कामहरुलाई तदरुकताका साथ अघि बढाऔं’ मन्त्री कुँबरले भने ।

श्रम सचिव एकनारायण अर्यालले आप्रवासनमा रहेका श्रमिकहरुको स्टाटस अंकित हुने हिसाबले नेपाल आप्रवासन प्रतिवेदन २०२२ सार्वजनिक गरिएको बताए । ‘प्रतिवेदनमा आप्रवासनको क्षेत्रमा काम गर्ने सबै संघ–सस्थाले दिनुपर्ने गाइडेन्स, नेपाल सरकारले केन्द्रित हुनुपर्ने नीति, आइएलओ–आइओएम लगायतका संस्थाहरुले नेपाल सरकारसँग मिलेर काम गर्दा ध्यान दिनुपर्ने विषयवस्तुहरु समेटिएको छ’ सचिव अर्यालले बताए ।

यो रिसर्च भएकाले यसमा केही कमिकमजोरी भए आवश्यक सुझावको अपेक्षा मन्त्रालयले गरेको बताउदै सचिव अर्यालले भने –‘हाम्रो अहिलेको आप्रवासनको पोजिसन के छ, आप्रवासनबाट गएका श्रमिकहरुबाट मुलुकलाई के बेनिफिट हुन्छ र मन्त्रालयले लिनुपर्ने आगामी दिनको नीति के हुनुपर्छ भन्ने कुरा पोलिसी बनाउने सन्दर्भमा यो रिपोर्टले धेरै फिडब्याकहरु दिएको छ ।’

यस्तै कार्यक्रममा बोल्दै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्धारिका उप्रेतीले बोर्डले निजी क्षेत्रसँग सहकार्य गरेर सीपमूलक तालिम संचालन गर्नेदेखि लिएर स्वदेश फर्केका कामदारलाई स्थानीय स्तरमै व्यवस्थापनका लागि १५० स्थानिय तहका सरकारसँग सहकार्य गरेको बताए ।

गैरआवासीय नेपाली संघकी अध्यक्ष रबिना थापालले बिदेशमा सिकेको सीप कसरी स्वदेशमा ल्याउन सकिन्छ भन्नेमा सबै पक्षले जोड दिनुपर्ने बताइन । साथै उनले विश्वबजारमा श्रम जनशक्ति पठाँउदा सामाजिक सुरक्षासहित सबै कुरामा सुरक्षित बनाएर मात्र पठाउनुपर्नेमा जोड दिइन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *