भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान नपाउने निर्णय संशोधन, यस्ता व्यक्ति जान पाउने

news-details

गृह मन्त्रालयले खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान नपाउने निर्णय संशोधन गरेको छ ।

यसअघि कोरोना महामारीको बढ्दो संक्रमणका कारण सरकारले माघ १० बाट खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक लगाएको थियो ।

तर, आज अर्को विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले आफ्नो निर्णय संशोधन गरेको हो । आज एक विज्ञप्ति जारी गर्दै भिजिट भिसामा जान सबैलाई रोक लगाउने निर्णयलाई मन्त्रालयले खुकुलो पारेको हो ।

संशोधित निर्णयअनुसार अब खाडी मुलुकबाहेक कम्तीमा दुई मुलुकको भ्रमण गरिसकेकालाई भ्रमण अनुमति दिइने भनेको छ । गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा बिरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई पनि जान दिने भनिएको छ । त्यसका लागि नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्नेछ ।

त्यस्तै, वैदेशिक रोजगारी व्यवसाय प्रवद्र्धनका लागि जाने मेनपावर कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि जान दिने निर्णय गरेको छ । वार्षिक न्यूनतम ६ लाख रुपैयाँ करयोग्य भएर त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध व्यक्तिले पनि भिजिट भिसामा जान पाउनेछन् ।

त्यस्तै, नेपालमा सामान आयत–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधि, सरकारी कामको सिलसिलामा जाने प्रतिनिधि र अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलगायत पनि भिजिट भिसामा जान पाउनेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *