आज २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस, विभिन्न कार्यक्रमसहित मनाइदै 

news-details

आज २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस विश्वभर मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आप्रवास दिवस मनाइँदै छ ।

हरेक वर्ष १८ डिसेम्बरका दिन यो दिवस मनाइने गरिन्छ । नेपालबाट समेत लाखौँ मानिस आप्रवासनमा छन् । पछिल्लो समय नेपालबाट रोजगारीका सिलसिलामा विदेश जानेको संख्या बढ्दो छ । भारतलगायतका देशबाट रोजगारीका लागि नेपाल आउने क्रम पनि त्यस्तै छ ।

बढ्दो आप्रवासनका कारण नेपालमा सामाजिक तथा मानसिक समस्या बढ्दै गएको छ भने असुरक्षित आप्रवासनमा जाने नेपालीहरुको ज्यान समेत जोखिममा पर्दै आएको छ ।

सचेत, सीपमूलक र सुरक्षित रोजगार : मर्यादित श्रम आप्रवासनको मूल आधार’ मुल नारासहित नेपालमा यसपटकको अन्तर्राष्ट्रिय आप्रवाशन दिवस साताव्यापी कार्यक्रमसहित मनाइदै छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आप्रवासन दिवसको अवसर पारेर डिसेम्बर १६ देखि २२ सम्म सरोकारवालासँगको सहकार्यमा साताव्यापी कार्यक्रम गरिरहेको छ । आप्रवाशन दिवस मनाउनका लागि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधिसहितको मूल समारोह समिति नै गठन गरेको छ ।

साताव्यापी कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइदै (आब्हानपत्रसहित)

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *