‘सचेत, सीपमूलक र सुरक्षित रोजगार : मर्यादित श्रम आप्रवासनको मूल आधार’ मुल नारासहित अन्तर्राष्ट्रिय आप्रवाशन दिवस २०२१ साताव्यापी कार्यक्रमसहित मनाइने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै डिसेम्बर १८ मा संसारभर मनाइदै आएको आप्रवासन दिवसको अवसर पारेर डिसेम्बर १६ देखि २२ सम्म सरोकारवालासँगको सहकार्यमा साताव्यापी कार्यक्रम गर्ने जानकारी दिएको छ । आप्रवाशन दिवस मनाउनका लागि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधिसहितको मूल समारोह समिति गठन भएको छ ।

वैदेशिक रोजगारीमा गएका कामदारहरुको अवस्था, उनीहरुको हक–अधिकार र सुरक्षा, समस्याहरु, घरफिर्ती, पुर्नएकिकरण, श्रमिकको आवाजलगायतका विषयमा सरोकारवालासँग अन्र्तक्रियाका साथै विभिन्न कार्यक्रम यस बर्ष गरिने मूल समारोह समितिका सदस्य सचिव तथा वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

साताव्यापी कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइदै (आब्हानपत्रसहित)

श्रम मन्त्रालयका सचिव अर्यालले सरोकारवाला निकाय सबै मिलेर आप्रवासन दिवसका साताव्यापी कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न आह्वान गर्दै प्रदेश तथा स्थानीय तहसम्म जनचेतना फैलाउनका लागि कार्यक्रमहरु गर्न आग्रह गरे ।

आप्रवाशन दिवसलाई प्रदेश तथा स्थानीय तहसम्म पु¥याउन प्रदेश सरकार तथा स्थानीय तहको अगुवाईमा जिल्लास्थित विभिन्न सरकारी निकायहरु, वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरु, सबै राजनीतिक दल, नागरिक समाज, गैरसरकारी एवं निजी संघ संस्थाहरु, ट्रेड युनियनहरु, सञ्चार माध्यमहरु समेतको सक्रिय सहभागितामा कोभिड–१९ को संक्रमणबाट सुरक्षित हुने गरी सप्ताहव्यापीरुपमा उत्साहपूर्वक मनाउन मूल आयोजक समितिले सबैलाई आव्हानसमेत गरेको छ ।

साताव्यापी कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइदै (आब्हानपत्रसहित)

सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवास दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम मानवअधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस विश्वभर मनाइने गरेको छ ।

हेर्नुहोस् आब्हानपत्र

साताव्यापी कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइदै (आब्हानपत्रसहित)

साताव्यापी कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइदै (आब्हानपत्रसहित)