संघको वर्तमान र संस्थापक अध्यक्ष गुमाउँनुपर्दा मेनपावर व्यवसायी पीडामा

news-details

कोरोना महामारी (कोभिड–१९)ले सबैभन्दा बढी प्रभावमा पारेको वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा अर्को बज्रपात आइपरेको छ । व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष र वर्तमान अध्यक्ष कोरोनाका कारण नै गुमाउनु परेको छ ।

कोरोनाको दर्दनाक अवस्थाकाबीच व्यवसायीहरुलाई पलायन हुनबाट बचाउन दैनिक दौडधुपमा हिडिरहेका संघका अध्यक्ष विष्णुप्रसाद गैरेले गत वैशाख ३० गते यही कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु प¥यो । व्यवसायीका लागि हरदिन जुटिरहँदा आफै संक्रमित भएका गैरे अन्तत जिवित रहन सक्नु भएन ।

संघले आफ्नो नेतृत्व गुमाएको पीडा सेलाउन नपाउँदै संघका संस्थापक अध्यक्ष महेन्द्र शेरचनलाई पनि कोरोनाले जितेर लग्यो । गत बुधबार साझ कोरोना संक्रमणबाट संघका संस्थापक अध्यक्ष तथा संविधानसभा सदस्य शेरचन गुमाएको खबर आइरहँदा व्यवसायी थप आतंकित र भावविहोल बनेका छन् ।

संयोग पनि कस्तो रहयो भने वैदेशिक रोजगार व्यवसायी संघले अध्यक्ष गुमाउँदै गर्दा संस्थापक अध्यक्षसमेत गुमाउन बाध्य भएको छ । उता कोरोना संक्रमणकै कारण अर्का पुराना तथा अग्रज व्यवसायी राजेन्द्र शेरचनले पनि ज्यान गुमाउनुपरेको छ । एकातिर संघको जन्मदाता र अर्कोतिर संघको वर्तमान नेतृत्वकर्तासँगै अग्रज व्यवसायीहरु एकपछि अर्को गर्दै गुमाउनुपर्दा आम वैदेशिक रोजगार व्यवसायीहरुले यतिबेला अविभावक गुमाएको महसुस गरेका छन् ।

‘अहिलेसम्म संघमा आधिकारिक जानकारी आए अनुसार ३ जना अग्रज व्यवसायीहरु कोरोना संक्रमणका कारण हामीले गुमाएका छौ’ संघका कार्यवाहक अध्यक्ष कमल तामाङले भने ‘कोरोनाबाट हाम्रो व्यापार व्यवसाय त चौपट भयो भयो, ठुलो योगदान पु¥याएका अविभावक पनि गुमाउदै जानुपर्दा संघलाई ठुलो क्षति पुगेको छ र यो व्यवसायीका लागि कालो वर्ष नै सावित भएको छ ।’

एकातिर व्यवसाय दिनानुदिन धरापमा परिरहदा र अर्कोतिर यसरी व्यवसायीहरुले ज्यान गुमाउनु परिरहदा केहि राहत प्रदान गर्न सकियोस भनेर संघले ‘भलाई कोष’ बनाउने अभियान अघि सारेको तामाङको भनाई छ । भलाई कोषको प्रक्रिया निकै अघि बढिसकेकोमा पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रीविहिन हुँदा यो योजना रोकिएको छ ।

‘समयमै भलाई कोष बनिसकेको भए कोरोनाबाट ज्यान गुमाउनुभएका व्यवसायीहरुको परिवारलाई १ करोड रुपैया राहत सहयोग आउने थियोे’ कार्यवाहक अध्यक्ष तामाङले भने –‘अब जतिसक्दो चाडो यो कोष स्थापनाका लागि हामी लाग्नेछौ ।’

कोरोना कहर शुरु हुँदै गर्दा सबैभन्दा बढी मारमा परेको व्यवसायको क्षेत्र नै वैदेशिक रोजगार व्यवसाय बन्यो । अधिकांश मेनपावरका कार्यालय ताला लागे । कामदार विदेश पठाउन बन्द हँुदा व्यापार–व्यवसायविहिन बनेका व्यवसायीहरु कार्यालय संचालन र ऋणको व्याज तिर्न नसकेर पलायन हुनुपर्ने अवस्थामा पुगेका छन् ।

उता यही पीडाकाबीच वार्षिक न्युनतम १ सय कामदार उडाउन नसक्ने मेनपावर कम्पनी खारेज हुने सरकारको नियमका कारण व्यवसायीहरु अन्यौलमा मात्र थिएनन मर्नु न बाच्नुको अवस्थाबाट गुज्रिरहेका थिए ।

सरकारले कोभिडबाट सबैभन्दा बढी प्रभावित क्षेत्रकारुपमा वैदेशिक रोजगार व्यवसायको क्षेत्रलाई राखेपनि अहिलेसम्म कुनै राहत प्रदान गरेको छैन । तत्कालका लागि नविकरणको बाटो खोलिदिए पनि वैदेशिक रोजगारीमा कामदार पठाउने अवस्था अझै बनिनसक्दा व्यवसायीहरुले भोगिरहनुपरेको मार ज्यूका त्यू नै छ ।

व्यवसायीहरुले सरकारले राहत नदिए पनि मेनपावर व्यवसायीहरु आफैले राखेको धरौटीबाट केहि रकम सहुलियतपूर्ण व्याजमा चलाउन दिए मात्र पनि पलायन हुनबाट जोगिने आशामा छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *