लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएशनमा ३ सदस्य मनोनित

news-details

नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएशनले रिक्त रहेको सदस्य पदमा तीनजना व्यवसायीलाई मनोनयन गरेको छ ।

एशोसिएशनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालले रिक्त रहेको कार्यसमिति सदस्य पदमा विधानको दफा १३ (२) को अधिकार प्रयोग गरी मनोनय गरेका छन् ।
अध्यक्ष ढकालले एशोसिएशनको सदस्य पदमा त्रिवेणी एच .आर प्रा.लिका नरेश छहारी मगर (थापा), रेडियन्ट ओभरसिज प्रा.लिका शिव कुमार कार्की र रेभा ओभरसिज प्रा.लिका आईन्द्र कुमार गुरुङ्गलाई मनोनयन गरेका हुन् ।

ढकालको नेतृत्वमा एशोसिएशनले वैदेशिक रोजगार व्यवसायीका पक्षमा सरकारी, उच्च राजनैतिक दल तथा सरोकारित निकायमा पहल पैरवी गर्दै आएको छ ।

 

‘सरकारले व्यवसायी र कामदारको अविभावकत्व निभाउनुुपर्छ’ : नरेन्द्र प्रसाद ढकाल

 

 

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरममा ढकाल बिजयी

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *