उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउन सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले अन्तराष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको भन्दै सरकारको त्यसतर्फ ध्यान गएको बताए ।

उनले भने, ‘हामी के चाइरहेका छौ भने देशभित्र रोजगारीका अवसर सिर्जना गर्नेे भन्ने हो, र त्यो नहुदासम्म नेपालीहरु अन्तर्राष्ट्रिय श्रम बजारमा गइरहने अवस्था छ । त्यो अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले श्रम बजारमा आफ्नो उपस्थिति जनाउनसक्ने खालको परिस्थिति निर्माण गर्नुपर्छ भन्ने पक्षमा सरकार छ ।’

त्यस्तै उनले वैदेशिक रोजगारीबाट सीप र पुँजी बोकेर फर्कने नेपालीहरुको लागि सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान पु¥याउन सक्ने खालको आधार निर्माण गर्नुपर्ने पनि धारणा राखे ।

अन्तराष्ट्रिय श्रम बजारमा गएका श्रमिकहरुको सुरक्षा र वैदेशिक रोजगार ऐन संशोधनमा जोड

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम ऐन र वैदेशिक रोजगार ऐनलाई आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले ऐन, कानुन र नियम भनेको सरकारका लागि, मन्त्रीको लागि र कर्मचारीका लागि नभइ जनताको लागि भएको बताएका हुन् ।

उनले भने, ‘रोजगार र व्यवसायलाई अगाडि बढाउनको निम्ति कानुनी अडचन र कानुनमा सुधार गर्न सरकारले अहिले श्रम ऐन र वैदेशिक रोजगार ऐनलाई ध्यान दिएको छ । यसमा आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता छ । शंसोधन गुर्नपर्ने कुराहरुमा सरकार र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गहिरो छलफल गर्नुपर्ने छ ।’

साथै उनले शंसोधन गुर्नपर्ने कुराहरुमा सरकार र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गहिरो छलफल गर्नुपर्ने बताए । उनले रोजगार र व्यवसायलाई अगाडि बढाउनको निम्ति कानुनी अड्चनहरु समाधान गर्नुपर्ने बताए ।

नेपाली काङ्ग्रेसका सह–महामन्त्री जीवन परियारले संघले व्यवसायीहरुका हितमा मात्र नभएर श्रमिकहरुका हकअधिकारका लागि पनि काम गरेको भन्दै खुशी व्यक्त गरे । सय संख्या खारेजीको प्रस्तावलाई संसदबाट पारित गरिसकेको बताउँदै उनले त्यसलाई चाँडै नै कार्यन्वयनमा ल्याउने जनाए । साथै व्यवसायीहरुले बेलाबेलामा उठाउने समस्याहरुको संशोधन गर्न निरन्तरला लागिरहने समेत प्रतिवद्धता सह–महामन्त्री परियारले जनाए ।

त्यस्तै कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बूले संघको वर्तमान कार्यसमितिले व्यवसायीको हकहितका साथै ऐतिहासिक काम गर्न सफल भएको बताए । उनले आगामी नयाँ नेतृत्वलाई पार्टीभन्दा माथि रहेर काम गर्नका लागि शुभकामना दिदै व्यवहसायीहरुका आवाजलाई आफुले संसदमा उठाउन सधैं तत्पर रहने प्रतिवद्धता जनाए ।

भवन खरिद गर्न सहयोग गर्ने व्यवसायीहरु सम्मानित

वैदेशिक रोजगार व्यवसायी संघको आफ्नै प्रशासनिक भवन खरिद गर्न आर्थिक सहयोग गर्ने व्यवसायीहरुलाई संघले साधारणसभाकै अवसरमा सम्मान गरेको थियो ।

अन्तराष्ट्रिय श्रम बजारमा गएका श्रमिकहरुको सुरक्षा र वैदेशिक रोजगार ऐन संशोधनमा जोड
अन्तराष्ट्रिय श्रम बजारमा गएका श्रमिकहरुको सुरक्षा र वैदेशिक रोजगार ऐन संशोधनमा जोड

संघको भवन खरिदमा सबैभन्दा बढी सहयोग गर्ने संघका सल्लाहकार रघुराज पुरी, नवराज केसी, इश्वर सापकोटा, मेघनाथ भुर्तेल, रमेश श्रेष्ठलगायतका व्यवसायीहरुलाई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा श्रम मन्त्री शरतसिंह भण्डारीले सम्मान गरेका हुन ।

अन्तराष्ट्रिय श्रम बजारमा गएका श्रमिकहरुको सुरक्षा र वैदेशिक रोजगार ऐन संशोधनमा जोड

भवन खदिका लागि द रिभर ओभरसिजका अध्यक्ष पुरीले सबैभन्दा बढी १४ लाख ५१ हजार १०६ रुपैयाँ सहयोग गरेका थिए । यस्तै दोश्रोमा प्याराडाइज इन्टरनेशनलका अध्यक्ष नवराज केसिले १३ लाख ३३ हजार ३३३ रुपैयाँ, तेश्रोमा अक्सन इन्टरनेसनलका अध्यक्ष ईश्वर सापकोटाले ११ लाख ५५ हजार ५५५ रुपैया सहयोग गरेका छन । सापकोटा संघको निर्वाचनमा सचिव पदका स्वतन्त्र उम्मेदवार पनि हुन ।

अन्तराष्ट्रिय श्रम बजारमा गएका श्रमिकहरुको सुरक्षा र वैदेशिक रोजगार ऐन संशोधनमा जोड

यस्तै सबैभन्दा बढी सहयोग गर्नेको चौथोमा निलकमल ह्यूमन रिसोर्सका संचालक मेघनाथ भुर्तेलले ११ लाख ११ हजार १११, पाँचौमा जि.सि.डी वल्ड्वाईडका अध्यक्ष रमेश श्रेष्ठले १० लाख रुपैया, छैटौं स्थानमा एसओएस मेनपावर सर्भिसका हेमराज गुरुङ १० लाख, सातौंमा नेपाल स्वास्थ्य व्यवसायी महासंघ १० लाख, आठौमा एसिया लिङ्क ओभरसिज ९ लाख ५७ हजार ७७७ र दशौमा मदरल्याण्ड ओभरसिजका टेकबहादुर पौडेल रहेका छन ।