नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा सापकोटा

news-details

नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भागिरथ सापकोटा चयन भएका छन् । महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट सापकोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।

यसअघि महासंघले महाधिवेशन आयोजक कमिटी घोषणा गर्दै सापकोटालाई संयोजकको जिम्मा दिएको थियो ।

उपाध्यक्षमा सुवर्ण श्रेष्ठ र शोभा गुरुङ, महासचिवमा बालकृष्ण शिवाकोटी, उपमहासचिवमा प्रकाश पौडेल, सचिवहरूमा डोलनाथ खनान, गोपाल खनाल, सरोज यादव र रामराजा श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै, ९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत भएको सापकोटाले जानकारी दिए ।

एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवसायीहरू यस महासंघमा आवद्ध छन् । महासंघको ६५ जिल्लामा जिल्ला संघ र १२० नगरमा नगर संघको सञ्जाल रहेको छ ।

महासंघमा विभिन्न ११ वटा वस्तुगत संघमा समेत गरी कुल ७० हजारभन्दा बढी व्यवसायी संघसंस्थाहरू सदस्य रहेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *