नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा सापकोटा
- चैत्र १०, २०८१
- 0
नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भागिरथ सापकोटा चयन भएका छन् । महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट सापकोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।
यसअघि महासंघले महाधिवेशन आयोजक कमिटी घोषणा गर्दै सापकोटालाई संयोजकको जिम्मा दिएको थियो ।
उपाध्यक्षमा सुवर्ण श्रेष्ठ र शोभा गुरुङ, महासचिवमा बालकृष्ण शिवाकोटी, उपमहासचिवमा प्रकाश पौडेल, सचिवहरूमा डोलनाथ खनान, गोपाल खनाल, सरोज यादव र रामराजा श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै, ९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत भएको सापकोटाले जानकारी दिए ।
एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवसायीहरू यस महासंघमा आवद्ध छन् । महासंघको ६५ जिल्लामा जिल्ला संघ र १२० नगरमा नगर संघको सञ्जाल रहेको छ ।
महासंघमा विभिन्न ११ वटा वस्तुगत संघमा समेत गरी कुल ७० हजारभन्दा बढी व्यवसायी संघसंस्थाहरू सदस्य रहेको बताइएको छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










