असहज परिस्थितिका बाबजुद पनि व्यवसायीका पक्षमा थुप्रै काम गर्न सफल भयौ, अध्यक्ष श्रेष्ठ

news-details

राष्ट्रिय व्यापार संघको २ वर्षे कार्यकाल मोटामोटीरुपमा पुरा गर्न लागिरहेको छु । वर्षको अवधिमा मैले अध्यक्षको रुपमा काम गर्दै गर्दा विभिन्न किसिमका आरोह अवरोहको अवस्थालाई पार गर्दै आएको अनुभूति लिएको छु । अध्यक्षको जिम्मेवारीमा रँहदा र त्यो भन्दा पहिला पनि राष्ट्रिय व्यापार संघमा स्थापना कालदेखि संलग्न हुदै साधारण सदस्य, तिन कार्यकाल कार्यसमिति सदस्य, सचिव र २ कार्यकाल उपाध्यक्ष भएर काम गरे । विगतदेखि नै संस्थाको उद्देश्य अनुसार व्यवसायिक हकहित र सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यहरूमा संघ अघि बढीरहेको छ ।व्यवसायीहरूलाई परेका मर्का र समस्याहरूबारे हामीले निरन्तर आवाज उठायौ । राज्यको नीतिले कहाँनिर अप्ठ्यारो पारेको छ त्यसबारे त्यसप्रति राज्यलाई सजग बनाउने काम हामी व्यवसायीहरूले गर्ने हो । त्यो काम यो २ वर्षे कार्यकाल बिताउँदा मैले गरेको छु । यस्तै संस्थालाई व्यवस्थित हिसाबले संचालन गर्नको लागि संस्थाका पदाधिकारी र कार्यसमितिका सदस्यहरूलाई उचित जिम्मेवारी दिन विभिन्न समिति, उपसमितिहरू गठन ग¥यौ र कार्यविभाजन ग¥यौ ।यस्तै फरक किसिमको व्यवसायबीच भएका असमझदारीलाई हटाउँन पनि हामीले यस कार्यकालमा भूमिका खेल्यौ । जस्तैकी हामीले सामानहरू बाहिर पठाउँदा ढुवानीकर्ता व्यवसायीहरूलाई अग्रीम भुक्तानी गर्नुपर्ने बाध्यकारी नियम वहाँहरूले लगाउनुभएको थियो त्यसप्रति उहाँहरूलाई कन्भिन्स गर्न सफल रहयौ । यो भनेको एउटा व्यवसायीक संस्था र अर्को व्यवसायीक संस्थाको असमझदारीको कुरा थियो । यो चिजलाई हामीले व्यवस्थापन ग¥यौ ।सरकारका नीतिका कारण हामी व्यवसायीहरूले विभिन्न किसिमका बाधा अवरोधहरू झेल्नुपरेको छ । जस्तोकी विदेशबाट आउने सामानहरूमा ट्यागिङ गर्ने भनेर नेपाल सरकारले बाध्यकारी नियम बनाएको थियो ।

त्यो व्यवहारिक छैन भनेर हामीले सरकारको ध्यानाकार्षण गराएका थियौ । त्यो अहिले इम्प्लिमेन्टेसनमा गएको छैन । यस्तै व्यवसायीक अगुवा संस्थाहरूका अध्यक्षहरूसँग, अर्थविदहरूसँग, पूर्वगर्भनर चिरञ्जीवी नेपालसँग तथा विभिन्न सरोकारित निकायसँग समसामयिक व्यवसायिक विषय, बैंकको ब्याजदर तथा मौद्रिक नितिको बिषयमा अन्र्तक्रिया कार्यक्रम ग¥यौ ।हामीले व्यवसाय गर्दा बैंकबाट लोन लिएर गरेका हुन्छौ । तर बैंकले आफुखुसी ब्याजदर बढाइदिदा धेरैपटक आन्दोलित पनि हुनुप¥यो ।

ऋणका कारण केही साथीहरूले आत्महत्या पनि गर्नुभयो । त्यसको विरुद्ध आन्दोलन ग¥यौ । सिंगल डिजिजमा बैंकको ब्याजदर भयो भने हामीलाई व्यवसाय गर्न सहज हुन्छ भन्ने हाम्रो माग हो ।

त्यो सँगसँगै हामीले के पनि भनिरहेका छौ राज्यले जसरी कृषि, पशुपालन, पर्यटनलगायतका क्षेत्रमा अनुदान दिन्छ त्यस्तै व्यवस्था निम्न तथा मध्यम बर्गीय व्यवसायीलाई पनि दिनुपर्छ भन्ने हो । यस विषयमा हामीले लबिङ गरिरहेका छौ । यसले व्यवसायी मात्र हैन राज्य पनि लाभान्वित हुन्छ । यसले राज्यको करमा पनि वृद्धि हुन्छ । यस्तै संघले स्थापनाकालदेखि सामाजिक उत्तरदायीत्व अन्तर्गतका कार्यहरूलाई पनि प्राथमिकता दिदै आएको छ ।जस अनुसार पशुपतिमा शिवरात्रीको दिनमा स्वयंसेवक परिचालन गर्ने र भक्तजनहरूलाई पानी, जुस, फलफूल वितरण गर्ने कार्य गरिरहेका छौ । हामीले वर्षेनी २ पटक रक्तदान पनि गर्दै आइरहेका छौ । देशमा आइपरेका प्राकृतिक प्रकोपहरूमा पनि राहत सहयोगका लागि अग्रसर रहयौ ।

हामीले काठमाडौ २२ नम्बर वडाको सहकार्यमा धेरै कामहरू गरेका छौ । यहाँका स्थानीय स्तरमा हुने हरेक क्रियाकलापमा सहकार्य गर्दै आएका छौ । हामीले घरबेटीहरूसँग छलफल गरेर भाडादर कम गरेका छौ । सिसिटिभी जडान गरेका छौ । यस वडाका क्लब तथा टोलसुधार समितिसँग पार्किङका विषयमा सहकार्य गरेर काम गरेका छौ ।

व्यवसायीलाई कसरी लाभ दिलाउन सकिन्छ तथा उनीहरूका हकहितमा लाग्न सकिन्छ भन्ने विषयमा यो कार्यकालमा थुप्रै प्रयासहरू गरेको छु । मेरो कार्यकालमा कोरोना महामारी चरम बिन्दुमा थियो, यो अवस्थामा हामीलाई काम गर्न अप्ठ्यारो अवस्था थियो । जुम मिटिङमा जोडिएर यो महामारीमा व्यापार कसरी गर्ने भन्ने चासो र चिन्ता हुन्थ्यो । व्यापार व्यवसाय ठप्प बनाइदा व्यवसायीहरू ठुलो मर्कामा पर्नुप¥यो ।

यसैले स्वास्थ्य मापदण्ड अपनाएर व्यापार गर्न पाउनुपर्छ भनेर पटक–पटक सरकारको ध्यानाकर्षण ग¥यौ । मेरो कार्यकाल सकिएपनि मेरो जिम्मेवारी सकिएको छैन । म अध्यक्ष भएर छोड्ने बित्तिकै यो संस्थाबाट हट्ने हैन निवर्तमान अध्यक्षको जिम्मेवारी पनि उत्तिकै हुने भएकाले मेरो संस्थाप्रति साथ र सहयोग अवश्य रहनेछ ।

म संस्थाको जिम्मेवार सदस्यको हिसाबले संस्थामा रहिरहने छु । अब संघमा नयाँ कार्यसमिति आउदै छ । हामी सकेसम्म सर्वसम्मत कार्यसमिति चयन गर्ने छौ । अब आउने कार्यसमितिले पनि व्यवसायीहरूको हकहितका साथै सामाजिक कामलाई पनि उत्तिकै निरन्तरता दिनुहुन्छ भन्ने छ । मैले पनि सबै समस्या सकेर गए भन्न मिल्दैन व्यवसायीका समस्या थपिदै जान्छन्, त्यसका लागि सरकारको, नीति निर्माताको ढोकाहरू ढक्ढक्याउन लाग्नु हुनेछ भन्ने विश्वास छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *