काम नगर्ने चार निर्माण कम्पनी कालोसूचीमा
- पुस १२, २०८०
- 0

सरकारले सम्झौता बमोजिम काम नगर्ने चार वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबारदेखि लागू हुने गरी चार वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो ।
जसमा भारतको पश्चिम बंगालका आदित्य सितानीको एम.पी. सितानी एण्ड सन्स, सुर्खेतका सूर्यबहादुर खड्काको सूर्य कन्स्ट्रक्सन र सुरेन्द्रराज अधिकारीको काठमाडौंमा रहेको एलिट कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षका लागि कालो सूचीमा राखेको हो ।
यी तीन कम्पनीले मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय पर्वतबाट ठेक्का लिएर सम्झौता बमोजिम काम नगरेको कार्यालयले जनाएको छ ।
त्यस्तै, पोखरा महानगरपालिकाको सिफारिसमा भावेश बोहरा मुख्य व्यक्ति रहेको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रालिलाई पनि दुई वर्षको लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
0 प्रतिक्रिया
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइमा थप पहलका लागि आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाइमा थप पहलका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग संवाद गरेका छन् […]
श्रम तथा रोजगार सम्मेलन : रोजगारीका अवसरहरु सिर्जना गर्ने र निजी क्षेत्रलाई आकर्षित गर्ने प्रतिबद्धता

प्रमिला कार्की/ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको पाँचौं संस्करणको श्रम तथा रोजगार सम्मेलनले केही सकारात्मक संकेतहरु गरेको […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ वटा निर्णयहरु

सरकारले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदानपत्र स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार […]
पोखरामा चैत्र ५ गतेदेखि अन्तराष्ट्रिय उडान सुरु हुँदै

पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपाल स्थित चिनियाँ राजदुतावास र सिचुवान एअरलाईन्ससँगको सहकार्यमा पोखरामा अन्तराष्ट्रिय उडान सुरु हुने भएको छ । […]
सुमनाले काँग्रेस नेताले जग्गा हडपेको आरोप लगाएपछि सांसदहरूको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले काँग्रेसका नेताले जग्गा हडपेको आरोप लगाएपछि संसद बैठकमा तनाव भएको छ । राष्ट्रिय स्वतन्त्र […]