इजरायलस्थित नेपाली दूतावासले इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपालीहरूको नामावली संकलन सुरू गरेको छ।

दूतावासले नेपालीहरूलाई उद्धार गर्ने प्रयोजनका लागि गुगल विवरण फारम उपलब्ध गराउँदै स्वदेश फर्कन चाहनेहरूको नामावली संकलन थालेको हो। स्वदेश फर्कन चाहनेहरूले उक्त गुगल फारम भर्न सक्छन्।

परराष्ट्र मन्त्रालयले इजरायल पाँच हजार ५०० नेपाली रहेको जनाएको छ। इरानमा करिब १२ जना नेपाली रहेको उल्लेख छ।

हालसम्म सबै नेपालीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। त्यहाँ कार्यरत नेपालीहरूसँग कुरा गर्दा अधिकांशले तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।