काम नगर्ने चार निर्माण कम्पनी कालोसूचीमा
- पुस १२, २०८०
- 0
सरकारले सम्झौता बमोजिम काम नगर्ने चार वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबारदेखि लागू हुने गरी चार वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो ।
जसमा भारतको पश्चिम बंगालका आदित्य सितानीको एम.पी. सितानी एण्ड सन्स, सुर्खेतका सूर्यबहादुर खड्काको सूर्य कन्स्ट्रक्सन र सुरेन्द्रराज अधिकारीको काठमाडौंमा रहेको एलिट कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षका लागि कालो सूचीमा राखेको हो ।
यी तीन कम्पनीले मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय पर्वतबाट ठेक्का लिएर सम्झौता बमोजिम काम नगरेको कार्यालयले जनाएको छ ।
त्यस्तै, पोखरा महानगरपालिकाको सिफारिसमा भावेश बोहरा मुख्य व्यक्ति रहेको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रालिलाई पनि दुई वर्षको लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










