दोलखाको सिंगटीबाट थप ३ किलो सुन बरामद
- अशोज १२, २०८०
- 0
दोलखाको सिंगटीबाट प्रहरीले थप ३ किलो सुन बरामद गरेको छ।
यसअघि बुधबार चार केजी सुन बरामद गरिएकोमा आज थप तीन किलो बरामद गरिएको हो । बिगु गाउँपालिका १ का स्थानीय २८ वर्षीय केशर तामाङको डेरामा खानतलासी गर्दा ३ केजी सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
केशरलाई प्रहरीले बुधबार नै पक्राउ गरेको थियो । यस्तै आज पनि प्रहरीले सुनसँगै थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु–१ नै घर भएका राज तामाङ रहेका छन् ।
हालसम्म पक्राउ पर्नेको संख्या ६ पुगेको छ । यसअघि प्रहरीले केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको थियो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण […]
सरकारले ल्याएको भिसा अध्यादेशप्रति एनआरएनहरुको मिश्रित प्रतिक्रिया
सरकारले अध्यादेशमार्फत गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई १० वर्षसम्म निःशुल्क भिसा दिने व्यवस्था गरेकोमा यसमा एनआरएनहरुले मिश्रित प्रतिक्रिया दिएका छन […]
धरौटीमा रिहा भएका लामिछाने न्यायिक हिरासतमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ । काठमाडौं जिल्ला अदालतमा भएको बयान सकिएसँगै अब […]
नेपाली होटल व्यवसायी संघको रजत जयन्ती : व्यवसायीमैत्री वातावरण बनाउने पर्यटन मन्त्रीको प्रतिवद्धता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनहरुलाई नेपालमा सहजता प्रदान गर्न होटल व्यावसायी मैत्री वातावरण बनाउन आवश्यक रहेको बताएका […]
सरकारले माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउँदै
शहरी विकास तथा भवन निर्माण विभागले आगामि माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आइतबार […]