सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन

news-details

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सकिएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शनिबार बिहान भएको वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो।

वार्तामा सहभागी नेपाल शिक्षक महासंघका प्रतिनिधिले आफ्ना सबै माग पूरा हुनुपर्ने अडान सरकारसँग राखेपछि निष्कर्ष ननिस्किएको बताइएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आजको वार्तामा कुनै सहमति नजुटेपनि वार्तालाई निरन्तरता दिने निर्णय भएको प्रतिक्रिया दिए। तर अर्को वार्ताको समय टुंगो लागिनसकेको उनले बताए। वार्तासँगै आन्दोलन पनि जारी राख्ने उनले बताएका छन्।

शिक्षामन्त्री रघुजी पन्तले बोलाएपछि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधि शनिबार बिहान साढे ७ बजे वार्ताका लागि सिंहदरबार पुगेका थिए।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया