दोलखाको सिंगटीबाट थप ३ किलो सुन बरामद

news-details

दोलखाको सिंगटीबाट प्रहरीले थप ३ किलो सुन बरामद गरेको छ।

यसअघि बुधबार चार केजी सुन बरामद गरिएकोमा आज थप तीन किलो बरामद गरिएको हो । बिगु गाउँपालिका १ का स्थानीय २८ वर्षीय केशर तामाङको डेरामा खानतलासी गर्दा ३ केजी सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

केशरलाई प्रहरीले बुधबार नै पक्राउ गरेको थियो । यस्तै आज पनि प्रहरीले सुनसँगै थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु–१ नै घर भएका राज तामाङ रहेका छन् ।

हालसम्म पक्राउ पर्नेको संख्या ६ पुगेको छ । यसअघि प्रहरीले केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *