दोलखाको सिंगटीबाट थप ३ किलो सुन बरामद
- अशोज १२, २०८०
- 0
दोलखाको सिंगटीबाट प्रहरीले थप ३ किलो सुन बरामद गरेको छ।
यसअघि बुधबार चार केजी सुन बरामद गरिएकोमा आज थप तीन किलो बरामद गरिएको हो । बिगु गाउँपालिका १ का स्थानीय २८ वर्षीय केशर तामाङको डेरामा खानतलासी गर्दा ३ केजी सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
केशरलाई प्रहरीले बुधबार नै पक्राउ गरेको थियो । यस्तै आज पनि प्रहरीले सुनसँगै थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु–१ नै घर भएका राज तामाङ रहेका छन् ।
हालसम्म पक्राउ पर्नेको संख्या ६ पुगेको छ । यसअघि प्रहरीले केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको थियो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










