एफएनसीसीआई निर्वाचन : साना तथा मझौला उद्योगीहरुको आवाजलाई उठाउननै मेरो उम्मेदवारी
- चैत्र २८, २०७९
- 0

उद्योग बाणिज्य महासंघको निर्वाचनमा वस्तुगत सदस्यतर्फ खोजराज कटुवालले उम्मेदवारी दिएका छन् ।
महासंघको बुधबार हुने निर्वाचनका लागि कटुवालले वस्तुगत सदस्यतर्फ उम्मेदवारी दिएका हुन् ।
लामो समयदेखि नेपालको कृषिलाइ आधुनिकीकरणसगै ब्यवसायिकरणमा लागेका कटुवालले हालैका दिनमा नेपालमा कृषिको यान्त्रीकरणको लागि कृषि यन्त्र एवम प्रबिधि उद्योगमा निरन्तरता दिएका छन् ।
कटुवालले आफ्नो व्यक्तिगत महत्वकांक्षा नभएर साना तथा मझौला उद्योगीहरुको आवाजलाई सम्बन्धीत ठाउँमा पुर्याउन सक्छु भन्ने आत्मविश्वासका साथ महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
लामो समय इजरायलमा बसेर कृषि क्षेत्रमा काम गरेका कटुवाल गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलको अध्यक्ष समेत रहेर नेपाल र नेपालीको हितमा काम गरेका व्यक्ति हुन् ।
0 प्रतिक्रिया
साइबर अपराधको आरोपमा शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

कपिलवस्तुको शुद्वोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । प्रहरीले आज उनलाई साइबर अपराधको आरोपमा बुटवलबाट पक्राउ गरेको हो […]
विश्व पौडेललाई गभर्नर बनाउन जुटयो सहमती, आजै निर्णय हुने संभावना

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुने लगभग पक्कापक्की जस्तै भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओली […]
कलेजो प्रत्यारोपणका लागि समाजसेवीद्धय न्यौपाने र शिवाकोटीको पहलमा थप आर्थिक सहयोग हस्तान्तरण

१० महिने बालिका श्रीनेहा बर्देवाको कलेजो प्रत्यारोपण गर्नका लागि समाजसेवीद्धय केदारप्रसाद न्यौपाने र सिताराम शिवाकोटीको पहलमा पुनः थप आर्थिक सहयोग […]
विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग पराजित

नेपाल आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भएको छ । आज […]
प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि काँग्रेस सभापति देउवा […]