भैरहवाबाट जजिरा एयरले साताको तीन दिन कुवेत उडान गर्दै
- फाल्गुन २५, २०७९
- 0

जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने भएको छ।
विमानस्थल उद्घाटनको दिन २ जेठ २०७९ देखि नै नियमित उडान गर्दै आइरहेको जजिराले भैरहवामा बाक्लो हुस्सु लाग्न थालेपछि गत ६ पुसदेखि सेवा स्थगित गरेको थियो। अब आकाश खुल्न थालेसँगै उडान पुनः सुरु गर्न लागिएको हो।
जसअनुसार भैरहवाबाट साप्ताहिक रुपमा ३ वटा उडान हुने कम्पनीले जनाएको हो। जजिराले भैरहवाबाट कुबेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ।
जजिराले भैरहवादेखि कुवेतसम्म २८ हजार ८ सय ३६ एकतर्फी उडानको भाडादर कायम गरेको नेपालस्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसका अध्यक्ष रवीचन्द्र सिंहले जानकारी दिए।
0 प्रतिक्रिया
तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनका लागि सरकार गम्भीर छ : ऊर्जा मन्त्री

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सरकार तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनप्रति गम्भीर रहेको बताएका छन् । मन्त्री खड्काको […]
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सरकारले राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो […]
गभर्नरका लागि तीनजनाको नाम सिफारिस

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरका लागि तीनजनाको नाम सिफारिस गरिएको छ । आज गभर्नर सिफारिस समितिले नेपाल राष्ट्र बैंकको १८औँ […]
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज हेर्दाहेर्दैमा रहेको छ । लगातार छैठौँ पटक हेर्न नमिल्नेमा परेको […]
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्यो, सर्वोच्चद्वारा रिट दरपीठको आदेश सदर

विश्व पौडेललाई गभर्नर बनाउन नहुने माग गर्दै परेको रिट दरपीठ गर्ने आदेश सर्वोच्च अदालतले सदर गरेको छ। अधिवक्ता प्रतिभा उप्रेती […]