भैरहवाबाट जजिरा एयरले साताको तीन दिन कुवेत उडान गर्दै
- फाल्गुन २५, २०७९
- 0
जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने भएको छ।
विमानस्थल उद्घाटनको दिन २ जेठ २०७९ देखि नै नियमित उडान गर्दै आइरहेको जजिराले भैरहवामा बाक्लो हुस्सु लाग्न थालेपछि गत ६ पुसदेखि सेवा स्थगित गरेको थियो। अब आकाश खुल्न थालेसँगै उडान पुनः सुरु गर्न लागिएको हो।
जसअनुसार भैरहवाबाट साप्ताहिक रुपमा ३ वटा उडान हुने कम्पनीले जनाएको हो। जजिराले भैरहवाबाट कुबेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ।
जजिराले भैरहवादेखि कुवेतसम्म २८ हजार ८ सय ३६ एकतर्फी उडानको भाडादर कायम गरेको नेपालस्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसका अध्यक्ष रवीचन्द्र सिंहले जानकारी दिए।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










