सर्लाही हरिवनको नयाँ रोडमा सेञ्चुरी बैंकको नयाँ शाखा
- रोजगारमञ्च
- भदौ २३, २०७९
- 0

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले मिति २०७९ भदौ २१ गते नयाँ रोड शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको छ । समुद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुबास शर्मा, शाखा प्रमुख आशुतोष वैध लगायत बैंकका कर्मचारी तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
२०७९ असार मसान्त सम्ममा बैंकले रु. १ खर्ब १ अर्ब ४० करोड निक्षेप संकलन र रु. ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाइएको छ ।
0 प्रतिक्रिया
प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजिपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई […]
राजावादी विरुद्ध चैत १५ गते एक लाख जनता काठमाडौंमा उतार्ने एकीकृत समाजवादीको दावी

नेकपा एकीकृत समाजवादीले राजावादीहरु विरुद्धमा चैत १५ गते आयोजना गर्ने जनविरोधमा एक लाख भन्दा माथिको सङख्यामा जनताको सहभागिता रहने जनाएको […]
माओवादी केन्द्र सरकारमा जाँदैन्, गलत प्रचार गरियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भन्ने प्रचार गलत भएको बताएका छन् […]
पिएनओको मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ)को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन । गैरआवासीय नेपाली […]
प्रभु बैंकद्वारा बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा र्याली आयोजना

प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसर पारेर आज एक बित्तिय […]