एमाले धनुषामा महासेठ निकट भोला यादव नेतृत्वको प्यानल विजयी
- जेष्ठ ९, २०८२
- 0
नेकपा एमाले धनुषा जिल्ला ८औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको मतगणना नतिजा सार्वजनिक गरिएको छ ।
अबेर राती मतगणना सम्पन्न भएको हो । मतगणनाको अन्तिम परिणाम अनुसार भोला यादव नेतृत्वको समूह प्यानलसहित विजय भएको छ । उनी नेता रघुवीर महासेठ निकट हुन ।
भोला यादवले ४०२ मत प्राप्त गरेका छन भने उनको निकट प्रतित्वन्दी लक्ष्मी नारायण यादवले मात्र २०२ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्ष पदमा तेजनारायण यादवले ४३० मतका साथ विजयी भएका छन् । उनको निकट प्रतित्वन्दी जयप्रकाश सुनरैतले १६० मत प्राप्त गरेका छन ।
यता सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत ल्याउँदै विजयी भएका छन् भने उनको निकट प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरेका छन ।
त्यस्तै, उपसचिव पदमा सबिन विक्रम थापा विजयी भएका छन् भने महिला उपसचिवतर्फ रुका कुमारी मिश्र विजयी हासित गरेकी छन ।
लेखा समितिको संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भएका छन ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




