श्रृजनशील लघुवित्तको आईपीओ आजबाट खुल्यो
- भदौ १५, २०७९
- 0
श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
लघुवित्तले निष्काशन गर्न लागेको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले यो आईपीओ खरीदका लागि भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म आईपीओ निष्कासन खुल्ला रहने छ ।
शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।