आजदेखि राति १२ बजेसम्म आन्तरिक उडान सञ्चालन हुने

news-details

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको उडान समय अवधि बढाएर १८ घण्टा पुर्‍याएको छ । विमानस्थलको चापलाई ध्यान दिदै आज बिहीबारदेखि तराईका ६ वटा क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको हो ।

भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय प्राधिकरणले गरेको हो ।

यसले काठमाडौं विमानस्थलको उडान चापको व्यवस्थापन हुने विश्वास प्राधिकरणको रहेको छ ।

आगामी जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा पनि त्रिभुवन विमानस्थल तथा भैरहवाको गौतम वुद्ध विमानस्थलबाट २४ घण्टे उडान सञ्चालन गरिने पनि प्राधिकरणले जनाएको छ । २४ घण्टे उडान तालिका लागू भएपछि यात्रुहरुले विमास्थलमा अनावश्यक समय पर्खनु नपर्ने दाबी पनि प्राधिकरणले गरेको छ ।

काठमाडौं विमानस्थलमा अहिले दैनिक दुवैतर्फी उडान ४२० वटा भइरहेको छ । विमानहरुले अवतरण र उडानका लागि घण्टौं पर्खनु पर्ने अवस्था रहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *