नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम रहने विश्व बैंकको प्रक्षेपण

news-details

सरकारले ७ प्रतिशत हाराहारी आर्थिंक वृद्धिदरको लक्ष्य राखेकोमा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र कायम रहने अनुमान गरेको छ ।

विश्व बैंकले गत पुसमा ३।९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेकोमा बिहीबार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र कायम रहने अनुमान गरेको हो ।

खासगरी बाह्य क्षेत्रमा परेको तीव्र दबावको प्रभाव अर्थतन्त्रमा समेत पर्ने देखिएको हो । जसमा रुस र युक्रेनको युद्ध र उसले निम्त्याएको महंगी एक कारण हो ।

६ महिनाको अवधिका तथ्यांकहरुको विशलेषण गर्दै विश्व बैंकले कमजोर विकास खर्चको अवस्थालाई समेत चित्रण गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *