सर्वोच्चको आदेशसँगै गभर्नर अधिकारी आजदेखि नियमित काममा फर्किने

news-details

सर्वोच्च अदालतको आदेशपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि काममा फर्कदैछन् ।

मंगलबार सर्वोच्चले गभर्नर अधिकारीमाथि गरिएको निलम्बन कार्यान्वयन नगर्न र निर्वाद काम गर्न दिन सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश दिएको थियो ।

विशेषगरी विदेशबाट आएको ४० करोड प्रकरणलाई रोक्का गर्न खोजेपछि रुष्ट बनेका अर्थमन्त्री जनार्दन शर्माको सक्रियतामा मन्त्रिपरिषदको चैत २४ गतेको बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

विकराल अर्थतन्त्रलाई उकास्न सुझाव दिँदै आएका गभर्नरमाथि सरकारले आफ्ना कमजोरी ढाकछोप गर्न गरेको निलम्बनलाई सर्वोच्चले खारेज गरिदिएको हो ।

सर्वोच्चको फैसलाले गम्भीर नैतिक संकटमा परेका अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने चोतर्फी माग उठेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *