नेपाल राष्ट्रिय व्यवसायी महासंघद्धारा प्रथम कार्यसमिति बैठक तथा शुभकामना आदानप्रदान

news-details

साना तथा मझौला व्यवसायीहरुको साझा संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रथम कार्यकसमिति बैठक तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
गत चैत्र २२ गते नयाँ बानेश्वर स्थित होटल एभरेष्टमा उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यत्यतामा चौथो साधारणसभा तथा दोस्र्रो महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन गरिएको थियो । उक्त कार्यसमितिको अध्यक्षमा कुमार कार्की सहित ९० जना सदस्य सर्वसम्मत चयन हुनुभएको थियो भने बाँकी ११ जना सदस्यहरु मनोनित गरि जम्मा १०१ जना कार्यसमिति चयन गरिएको थियो ।

गत आइतबार आयोजित प्रथम कार्यसमिति बैठकमा नयाँ वर्षको शुभकामना आदान प्रदान तथा महाधिवेशनको समिक्षा गर्दै नयाँ कार्यसमितिले गर्र्नु पर्ने काम, कर्तव्यका बारेमा र व्यवसायीका हकहितमा काम गर्र्दै कसरी अघि जाने भनि व्यवसायीका समस्याहरुलाई सरकार समक्ष ध्यानाकार्षण गराउने भन्ने विषयमा छलफल भएको थियो । उक्त बैठकमा १ जना सभापति सहित ५१ जनाको सल्लाहकार समिति समेत गठन गरिएको थियो । भने उक्त समितिको सभापतिमा संस्थापक प्रथम उपाध्यक्ष नैनबहादुर पण्डित क्षेत्रीलाई चयन गरिएको थियो ।


कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष कुमार कार्कीले साना तथा मझौला व्यवसायीहरुले धेरै दुख झेल्नुपरेको र सबै व्यवसायीहरु एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो । महासंघले व्यवसायीहरुका समस्यालाई समाधान गर्न धेरै कामहरु गर्दै आईरहेको र दुई वर्षमा संस्थालाई धेरै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


त्यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै रहेको संस्थालाई नेपाल अधिराज्यभर विस्तार गर्न त्यसै बैठकमा निर्णय गरेको र व्यवसायीका समस्याहरुलाई तत्काल समाधान गर्दै नेपाल सरकारले प्रतिबन्ध गरेको एलसीको समस्यालाई समाधान गर्न उक्त बैठकमा निर्णय गरेको समेत जानकारी दिनुभयो ।
निजि क्षेत्र पनि सरकारको अभिन्न अंग भएको कारणले र बजेट तर्जुमा, निति तथा कार्यक्रमहरु ल्याउदा निजि क्षेत्रलाई पनि सरकारले समेट्नु पर्ने बताउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले कुनै पनि सल्लाह बिना एलसी बन्द गरेकोेले छिटो भन्दा छिटो एलसी खोल्न सरकार समक्ष आग्रह गर्नुभयो ।

त्यस्तै महासंघका महासचिब रत्न घिमिरेले साना मझौला लगायत सबै खाले उद्योगी व्यवसायीहरुको वास्तबिक धरातलमा गएर उनीहरुको सुख दुखमा साथ दिने एक मात्र महासंघ नेपाल राष्ट्रिय व्यवसायी महासंघ हो र व्यवसायी हकहित र अधिकारको लागि निरन्तर रुपमा लाग्ने र सरकारी स्तरमा व्यवसायीको आवाजको सुनुवाई गराइ छाड्ने प्रतिबद्दता जाहेर गर्नु भयो।

कार्यक्रममा संस्थाका मनोनित ३ जना सदस्यहरुलाई सम्मान साथै सपथ ग्रहण समेत गरिएको थियो ।


२१ वटा संस्थाहरु आवद्ध यस महासंघ विगत ५ वर्षअघि स्थापना भई व्यवसायीका समस्याहरुलाई समाधान गर्दै उनीहरुका हकहितमा निरन्तर लागेको संस्था हो र भावी दिनहरुमा पनि यस संस्थाले व्यवसायीका कठिनाईरुलाई समाधान गर्दै सम्पुर्ण व्यवसायीहरु एकजुट भई व्यवसायलाई निरन्तर अघि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *