रञ्जना व्यापार संघका कार्यसमितिहरुद्धारा नयाँ वर्षको शुभकामना आदानप्रदान

news-details

साना तथा मझौला व्यवसायीहरुको छाता संगठन रञ्जना व्यापार संघद्धारा नयाँ वर्षकोे उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ वर्षको शुभकामना दिदै संघकी अध्यक्ष बिना श्रेष्ठले विगतका वर्षहरुमा झै व्यवसायीहरुका हकहितका लागि निरन्तर लाग्दै व्यवसायलाई प्रबद्र्धन र संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


त्यस्तै संघका महासचिव हरिप्रसाद पाण्डेले नयाँ कार्यसमितिले व्यवसायीका समस्याहरुलाई समाधान गर्दै सरकारले रोक लगाएको एलसीका विषयहरु समाधान गर्न निरन्तर लागिरहेको र सरकारले सुसुचित नगराउँनाले पूँजी पलायन भएको समेत जानकारी दिनुभयो ।
विभिन्न महामारीका कारण भर्खरै माथि उठ्न लागेको व्यवसायमा सरकारले पूर्वतयारी बिना नै एलसीमा लगाएको प्रतिबन्धका कारण व्यवसायीहरुले धेरै मार खेप्नुपरेको र धेरै ऋणको बोझमा फस्नुपरेको महासचिव पाण्डेले बताउनुभयो ।


कार्यक्रममा संघका पदाधिकारीहरुले शुभकामना आदानप्रदान गर्दै विगतदेखि नै प्रकाशन गर्दै आइरहेको टेबल पात्रो समेत सार्वजनिक गरेका थिए ।
रञ्जना व्यापार संघ व्यवसायीहरुको हकहितका लागि विगतदेखि नै निरन्तर लागिरहेको संस्था हो र भविष्यमा पनि यस संस्थाले व्यवसायीहरुको हकहितमा काम गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *