अर्थमन्त्रालयद्धारा ८ महिनाको आर्थिक सूचक सार्वजनिक (पूर्णपाठसहित)

news-details

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको वर्तमान अवस्थाको सम्बन्धमा जानकारी दिन चालु आर्थिक वर्षको हालसम्मको सूचकहरुको अवस्था प्रस्तुत गरेका छन ।

अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको ८ महिनाको सूचकहरुको अवस्था प्रस्तुत गरेका हुन ।

नेपालको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा चासो र चिन्ता दर्शाउँदै आम सञ्चार माध्यममा व्यक्त गरिएका धारणाप्रति अर्थ मन्त्रालयको ध्यान आकृष्ट भएको बताउदै अर्थमन्त्री शर्माले यस प्रकारका पृष्ठपोषणबाट अर्थतन्त्रको नियमित विश्लेषण गरी उपयुक्त नीतिगत कदमहरु चाल्न अर्थ मन्त्रालयलाई सहयोग पुग्ने विश्वास लिएको बताए ।

अर्थ मन्त्रालयले अर्थतन्त्रको वर्तमान अवस्था सम्बन्धमा नियमित रुपमा विश्लेषण गरी विभिन्न नीतिगत उपायहरु र कार्यक्रमहरु कार्यान्वयन गरिरहेको बताउदै अर्थमन्त्री शर्माले अर्थतन्त्रका समष्टिगत परिसूचकहरु सामान्य नै रहेको जनाए । तथापि, बाह्य क्षेत्रमा केहि दवाव सिर्जना भएकोले आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिने गरी केही नीतिगत कदमहरु चालिएको उनले बताए ।

चालु आर्थिक वर्षको हालसम्मको सूचकहरुको अवस्था सार्वजनिक गर्दै विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेकोले तत्काल कुनै समस्या नआउने अथएमन्त्री शर्माको भनाई छ । उनले भने, ‘असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम हुन आएको देखिन्छ । उक्त सञ्चिति करिब ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको देखिन्छ ।’

हेर्नुहोस् पूर्णपाठः

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *