राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय
- चैत्र २५, २०७८
- 0
सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ।
गभर्नर अधिकारीलाई बिहीबार निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको हो।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैैंकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै उहाँ स्वतः निलम्बनमा पर्नुभएको मन्त्रिपरिषद्का एकजना सदस्यले बताए।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यी जाँचबुझ समिति गठन भइसकेको उनले बताए ।
राष्ट्र बैंकका एकजना उच्च अधिकारीले पनि गभर्नर अधिकारी निलम्बनमा परेको र उनको जिम्मेवारी डेपुटी गभर्नर ढुंगानालाई दिइएको पुष्टि गरेका छन्।
0 प्रतिक्रिया
तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी अवरोधलाई हटाउन कानून संशोधनका लागि अध्यादेश जारी गर्न सिफारिस […]
कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि कायम रहेका विभिन्न समूह र गुटको राजनीति अन्त्य भएको घोषणा […]
कांग्रेस महाधिवेशन : उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयसम्बन्धी प्रस्ताव पनि पारित भएको […]
युवा पुस्ताको आवाज उठाउँदै कांग्रेस केन्द्रीय सदस्यमा गौरव भण्डारीको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ताप्लेजुङका गौरव भण्डारीले ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। कोशी […]
गगनलाई भेटेपछि उपसभापतिबाट ब्याक भए मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । सभापति गगन थापासँग […]










