थप ३२५ मेगावाट बिजुली भारत निर्यात गर्न नेपालले पायो स्वीकृति

news-details

नेपालले भारतीय ऊर्जा बजारमा थप ३ सय २५ मेगावाट बिजुली निर्यातका लागि अनुमति पाएको छ ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति दिएको हो ।

यसअघि गत कात्तिकमा नेपालले ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको थियो । यसरी नेपालले अब कुल ३ सय ६४ मेगावाट बिजुली भारत निर्यात गर्न पाउनेछ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यातका लागि स्वीकृति पाएको जानकारी दिएको हो ।

नेपालले मर्स्याङ्दी (६७ मेगावाट), मध्य मर्स्याङ्दी (६८ मेगावाट), त्रिशुली (२२ मेगावाट), देवीघाट (१४ मेगावाट), कालीगण्डकी ए (१४० मेगावाट) र लिखु (५१ मेगावाट) बराबर बिजुली भारतीय बजारमा बेच्न स्वीकृति पाएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *