सहकारीलाई ‘कोप कार्ड’ जारी गर्न त्रिपक्षीय सम्झौता, अब आफ्नै एटीएम हुने

news-details

ग्लोबल आईएमई बैंकले सहकारीहरूलाई ‘कोप कार्ड’ जारी गर्न राष्ट्रिय सहकारी बैंक र स्मार्टच्वाइस टेक्नोलोजीसँग सम्झौता गरेको छ ।

सहकारीहरूका लागि सहकारी पहिचानसहितको ‘कोप कार्ड’ जारी गर्नेसम्बन्धी ग्लोबल आईएमई बैंक, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको ग्लोबल बैंले जानकारी दिएको छ ।

आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीकुमार गुरागाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बढ्दै गएको सहकारीको भूमिका र कारोबार समेतलाई दृष्टिगत गरी सहकारीहरूले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रक्रियाका साथ ग्लोबल आईएमई बैंकको प्रायोजनमा ‘कोप कार्ड’ जारी गर्न लागिएको हो ।

ग्लोबल आईएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत यसका सदस्य सहकारीहरूले ‘कोप कार्ड’ जारी गर्नेछन् । यसका लागि एससीटीले चाइना युनियन–पेसँग सहकार्य गर्दै आएको छ ।

सहकारीका सबै सदस्यलाई सेवा पुर्याउँदै यसलाई अझ बढी प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरूलाई एउटै ब्राण्डको ‘कोप कार्ड’ जारी गर्न लागेको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतका एटीएम तथा पीओएसमार्फत सहजै चलाउन सकिने बताइएको छ ।

यो सहकार्यपश्चात् सम्पूर्ण सहकारीहरूले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी ‘कोप कार्ड’ जारी गर्न सक्ने छन । यो सुविधाले सदस्यहरूको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रूपमा बचत परिचालन हुने र बित्तीय सेवा २४ घण्टा उपलब्ध हुने छ ।

यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोवारमा पहुँच बढदै जाने तथा साधारण बैंकिङ कारोवारको लागि बैंकसम्म गइरहनु पर्ने बाध्यताबाट मुक्ति दिने तथा सहकारीहरूको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *