दूधकोशी जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण सुरु
- फाल्गुन २३, २०७८
- 0
ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि जग्गा प्राप्तिको प्रकृया सुरु भएको छ ।
आयोजना प्रभावित क्षेत्र चिसंखुगढी गाउँपालिकाका पाँच वडाका २४२१ कित्ता जग्गा, घर, गोठ, टहरा र रुखबिरुवासमेत स्थायी रुपमा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आज सूचना जारी गरेको हो ।
सूचनामा उल्लिखित जग्गाको कारोबार आजैदेखि रोक्का भएको छ । र, यी जग्गामा कुनै नयाँ संरचना बनाउन पाइने छैन ।
यदि आफ्नो जग्गा प्राप्त गर्न नपर्ने भए १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा उजुरी गर्न सकिनेछ ।
यो जलविद्युत आयोजनालाई ०७७/०७८ को बजेटमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरिएको थियो ।
झण्डै दुई खर्ब लागत अनुमान गरिएको यो आयोजना निर्माणका लागि एसियाली विकास बैङ्क, युरोपेली लगानी बैङ्क, एशियाली पूर्वाधार लगानी बैङ्क र कोरियाली एक्जिम बैङ्कको संयुक्त लगानी रहनेछ ।
0 प्रतिक्रिया
कांग्रेस महाधिवेशन : उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयसम्बन्धी प्रस्ताव पनि पारित भएको […]
युवा पुस्ताको आवाज उठाउँदै कांग्रेस केन्द्रीय सदस्यमा गौरव भण्डारीको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ताप्लेजुङका गौरव भण्डारीले ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। कोशी […]
गगनलाई भेटेपछि उपसभापतिबाट ब्याक भए मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । सभापति गगन थापासँग […]
एमालेले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बिहीबार बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले […]
कांग्रेस महाधिवेशनको चौथो दिन : के-के हुदैछ ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज (बुधबार) चौथो दिन पनि जारी रहेको छ । आज महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका […]










