धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालद्वारा पदभार ग्रहण
- फाल्गुन ८, २०७८
- 0
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । आइतवार हमालले पूँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै अध्यक्ष हमालले साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताएका छन् । उनले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाए। अध्यक्ष हमालले शेयर बजारलाई स्वाच्छ र पारदर्शी रुपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्ने नियमकको भूमिका आफूले निर्वाह गर्ने बताए।
गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो। नियुक्तपछि हमालले शुक्रवार अर्थमन्त्री जनार्दन शर्मा समक्ष पद तथा गोपनियताको सपथ लिएका थिए।
0 प्रतिक्रिया
युवा पुस्ताको आवाज उठाउँदै कांग्रेस केन्द्रीय सदस्यमा गौरव भण्डारीको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ताप्लेजुङका गौरव भण्डारीले ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। कोशी […]
गगनलाई भेटेपछि उपसभापतिबाट ब्याक भए मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । सभापति गगन थापासँग […]
एमालेले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बिहीबार बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले […]
कांग्रेस महाधिवेशनको चौथो दिन : के-के हुदैछ ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज (बुधबार) चौथो दिन पनि जारी रहेको छ । आज महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका […]
राष्ट्रिय टोलीबाट महान खेलाडि मेस्सीको भावुक विदाइ

काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन् । ब्युनस आयर्सस्थित एस्टाडियो […]










