माछापुच्छ्रे बैंकको डेपुटी सीइओमा थापा र न्यौपाने, डीजीएममा अर्याल

news-details

माछापुच्छ्रे बैंकले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप–महाप्रबन्धक (डीजीएम) पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।

डेपुटी सीइओ पदमा बढुवा भएका थापा र न्यौपाने दुवै जनाले दुई दशकभन्दा बढीको बैंकिङ्ग अनुभव बटुलेका बैंकले जानकारी दिएको छ । बैंकका अनुसार थापा बैंकिङ व्यवसाय र न्यौपाने सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् ।

डीजीएम पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा झण्डै दुई दशक लामो अनुभव संगालेका छन् । अर्यालँंग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको बैंकले जानकारी दिएको छ ।

माछापुच्छ्रे बैंकले नेपालभर हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटीएम र १५७ शाखारहित बैंकिङ्ग सुविधामार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *