एक्काइस करोड लगानी गर्दै राष्ट्र बैङ्क

news-details

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २१ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्क कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपियाँ वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीमा एक वर्ष अवधि (३६६ दिन)का लागि मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो ।

आगामी फागुन ४ देखि बैङ्कले उक्त रकम २०७९ फागुन ४ गतेसम्म मुद्दती राख्न लागेको राष्ट्र बैङ्कले कुल लगानी गरिने रकममध्ये ‘क’ वर्गका वाणिज्य बैङ्कमा १६ करोड ८० लाख रुपियाँ, ‘ख’ वर्गका विकास बैङ्कमा तीन करोड १५ लाख रुपियाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा एक करोड पाँच लाख रुपियाँ लगानी गर्न लागेको हो ।

निक्षेप लिन चाहने बैङ्क तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी यही माघ २३ गते आइतबार बेलुका ५ बजेसम्म बोलकबोल पेस गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ । मुद्दती निक्षेपको ब्याज बैङ्क तथा वित्तीय संस्थाले मासिक रूपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कको निक्षेप लिन बैङ्क तथा वित्तीय संस्थाका लागि केही सर्तसमेत तोकेको छ । न्यूनतम पुँजी कोष कायम गरेको, सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, निक्षेप लिनका लागि खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने राष्ट्र बैङ्कको सर्त छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *